― Advertisement ―

ब्ल्याक सेल्सले यस हप्ता नेटफ्लिक्स छोड्दै छ – तर तपाईले सबै समयको सबैभन्दा ठूलो पाइरेट टिभी शो नि:शुल्क स्ट्रिम गर्न सक्नुहुन्छ।

मलाई डर छ कि म नराम्रो खबर लिएर आउछु — टोबी स्टीफन्स अभिनीत हिट पाइरेट टिभी शृंखला ब्ल्याक सेल्स, छोड्दै छ अप्रिलमा 17.सबै चार...
HomeLatest newsइरान र भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपालको अन्तिम टोली घोषणा

इरान र भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपालको अन्तिम टोली घोषणा


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अखिल नेपाल फुटबल संघले इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्न नेपाली महिला फुटबल टोली घोषणा गरेको छ।
  • टोलीको कप्तान सावित्रा भण्डारी छन् र नयाँ प्रशिक्षक नवीन न्यौपाने नियुक्त भएका छन्।
  • नेपालले ७ र १० कात्तिकमा इरान र भारतसँग खेल्नेछ, दुवै खेल भारतको शिलोङमा हुनेछ।

३१ असोज, काठमाडौं । इरान र भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार राति नेपालको अन्तिम टोली घोषणा गरेको हो । टोलीको कप्तान सावित्रा भण्डारी छन् ।

टोलीमा सजनी थोकर, हिराकुमारी भुजेल र दीपा शाहीले पुनरागमन गर्दा पूर्णिमा राई र मीना देउवा पहिलोपटक परेका छन् ।

भुजेल र शाही गतवर्ष साफ महिला च्याम्पियनसिपका दौरान घाइते भएका थिए । पूर्णिमा र मीना यू-२० बाट खेलेका खेलाडी हुन् । सजनीले साफ च्याम्पियनसिपमा डेब्यूपछि खेलेकी थिइनन् ।

पछिल्लोपटक एसियन कप छनोट खेलेको टोलीबाट बिमला चौधरी, अनिता केसी र चन्द्रा भण्डारी बाहिरिएका हुन् भने गिता राना काँधको शल्यक्रियापछि रिकभर हुँदैछन् ।

नेपालले आउँदो ७ कात्तिकमा इरानसँग तथा १० कात्तीकमा भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । यसअघि भारतसँग मात्र खेल्ने तय भएपनि इरानसँग पनि खेल्ने भएको हो ।

दुवै खेल भारतको शिलोङमा हुनेछ । फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् ।

नेपाली महिला फुटबल टोलीको नयाँ प्रशिक्षकमा नवीन न्यौपाने छन् ।

नेपालले एएफसी एसियन कप छनोट खेलेयता पहिलोपटक खेल्न लागेको हो ।

नेपालको टोली : साबित्रा भण्डारी (कप्तान), अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला बिक, दिपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, उषा नाथ।





Read More