― Advertisement ―

Homeजीवनशैली/स्वास्थ्यइन्द्रेणीजस्तै रंगीन तर वर्षाबिना – KhabarHost

इन्द्रेणीजस्तै रंगीन तर वर्षाबिना – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौंको आकाशमा सोमबार बिहान सूर्यको बायाँतिर इन्द्रेणीझैँ रंगीन प्रकाशको ठाडो धर्का देखियो, जुन ‘सनडग’ नामक दुर्लभ प्रकाशीय घटना हो।
  • सनडग तब देखा पर्छ जब माथिल्लो आकाशमा रहेका पातला बादलभित्र षट्कोणीय आकारका स–साना बरफका क्रिस्टलहरूले सूर्यको प्रकाशलाई करिब २२ डिग्रीको कोणमा मोड्छन्।
  • सनडगलाई वैज्ञानिक रूपमा ‘परहेलियन’ भनिन्छ र यो कुनै मौसम परिवर्तनको चेतावनी नभए पनि माथिल्लो वायुमण्डलमा बरफका क्रिस्टलहरूको सङ्केत गर्छ।

काठमाडौंको आकाशमा सोमबार बिहान एक अद्‍भूत दृश्य देखियो । सूर्यको बायाँतिर इन्द्रेणीझैँ रंगीन प्रकाशको ठाडो धर्का चम्किरहेको थियो । धेरैले यसलाई सामान्य इन्द्रेणी ठाने पनि यो वास्तवमा ‘सनडग (Sundog)’ नामक दुर्लभ प्रकाशीय घटना हो, जुन वर्षा नभएको अवस्थामा पनि देखिन सक्छ।

विज्ञानका अनुसार सनडग तब देखा पर्छ जब माथिल्लो आकाशमा रहेका ‘सिरस’ वा ‘सिरोस्ट्राटस’ नामका पातला बादलभित्र षट्कोणीय आकारका स–साना बरफका क्रिस्टलहरू तैरिरहेका हुन्छन्। यी क्रिस्टलहरूले सूर्यको प्रकाशलाई अपवर्तन र परावर्तन गरेर मोड्छन् । जब प्रकाश करिब २२ डिग्रीको कोणमा मोडिन्छ, सूर्यको बायाँ वा दायाँपट्टि इन्द्रेणीझैँ रंगीन धब्बा देखा पर्छ ।

सोमबारको बिहान काठमाडौंको आकाशमा देखिएको दृश्यमा उक्त धब्बा सूर्यको बायाँपट्टि प्रष्ट देखिएको थियो । यो घटना प्रायः सूर्य क्षितिज नजिक हुँदा बिहान वा साँझ बढी स्पष्ट देखिन्छ । कहिलेकाहीँ यससँगै ठाडो उज्यालो स्तम्भ पनि देखिन सक्छ, जसलाई ‘लाइट पिलर’ भनिन्छ।

‘सनडग’ लाई वैज्ञानिक रूपमा ‘परहेलियन (Parhelion)’ पनि भनिन्छ। यो कुनै मौसम परिवर्तनको चेतावनी नभए पनि, यसले माथिल्लो वायुमण्डलमा बरफका क्रिस्टलहरूको उपस्थितिको सङ्केत गर्छ।

वर्षा नभएको आकाशमा पनि यस्तो रंगीन प्रकाश देखिनु प्रकृतिको सुन्दर चमत्कार हो, जसले केही क्षणका लागि नै भए पनि हेरिरहेका सबैलाई अचम्मित बनाउँछ।

‘सन डग’ नाम ग्रीक पौराणिक कथाबाट आएको मानिन्छ, यद्यपि यो नामको निश्चित उत्पत्ति होइन। यो नामले ग्रीक पौराणिक कथाका आकाशका देवता ज्यूसले आफ्ना कुकुरहरूलाई आकाशमा हिँडाउदा तिनीहरू सूर्यका साथीको रूपमा ‘नक्कली सूर्य’ जस्तो देखिन्थे भन्ने विश्वास छ ।





Read More