― Advertisement ―

प्रधान सदस्य ? तपाईंले प्राइम डे २०२६ अगाडी नै $३३५ नि:शुल्क लाभहरू प्राप्त गर्न सक्नुहुन्छ — कार्यक्रम अघि दाबी गर्नका लागि यहाँ ८ उत्कृष्ट...

Amazon प्राइम डे लगभग आइपुगेको छ, यस वर्षको बिक्री आधिकारिक रूपमा जुन २३ मा सुरु हुँदैछ। जबकि टेक हाउसको प्रमुख कार्यक्रमबाट सबै कुरालाई फ्ल्याग...
HomeLatest newsइन्टरपोल महासभामा सहभागी हुन एआईजी अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान

इन्टरपोल महासभामा सहभागी हुन एआईजी अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान



४ मंसिर, काठमाडौं । इन्टरपोलको ९३ औं महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी नेतृत्वको टोली शनिबार मोरक्को प्रस्थान गरेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारी सहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेस खड्का समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ ।

साथै इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन र मतदान समेत हुनेछ । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी हुने र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिने कार्यक्रम रहेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।





Read More