― Advertisement ―

Homeइनास उत्तर अमेरिकाको क्षेत्रीय संयोजकमा अभिनेता केसी

इनास उत्तर अमेरिकाको क्षेत्रीय संयोजकमा अभिनेता केसी


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अभिनेता तथा मोडल राहुल केसी इनास उत्तर अमेरिका महादेशको क्षेत्रीय संयोजकमा नियुक्त भएका छन्।
  • केसी इनास अमेरिकाका निवर्तमान अध्यक्ष हुन् र उनको कार्यकाल सर्वोत्कृष्ट ठहरिएको छ।
  • उनले अमेरिकामा नेपाली कलासंस्कृतिको प्रवर्धनमा सक्रिय भूमिका निभाएका छन्।

काठमाडौं । अभिनेता तथा मोडल राहुल केसी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) उत्तर अमेरिका महादेशको क्षेत्रीय संयोजकमा नियुक्त भएका छन् ।

गतसाता सम्पन्न इनास ग्लोबलको छैटौं महाधिवेशनबाट केसी उक्त पदमा नियुक्त भएका हुन् । उनी इनास अमेरिकाका निवर्तमान अध्यक्ष पनि हुन् ।

इनास अमेरिकाको उनको कार्यकाल सर्वोत्कृष्ट ठहरिएको छ । ग्लोबल अधिवेशनमा इनास अमेरिकालाई विशेषरुपमा पुरस्कृत र सम्मान गरियो । उनको कार्यकालमा संस्था सक्रिय र जीवन्त रह्यो ।

लामो समयदेखि अमेरिकामा रहँदै आएका केसी अमेरिकामा नेपाली कलासंस्कृतिको प्रवर्धनमा सक्रिय छन् ।

उनी इनास अमेरिकाअन्तर्गत भर्जिनिया राज्य समितिको संस्थापक उपाध्यक्ष हुँदै राज्य समितिको अध्यक्ष, राष्ट्रिय समितिको महासचिव तथा अध्यक्ष पदमा रहिसकेका छन् ।

म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका- ७, ताकममा जन्मिएका केसी अहिले अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दै आएका छन् ।

सन २०१२ मा पोल्याण्डमा स्थापना भएको इनासले शाखा विस्तार गर्ने क्रममा सन् २०१४ मा भर्जिनियामा अमेरिकी शाखा स्थापना गरेको थियो ।

संस्थाले स्वदेश तथा विदेशमा नेपाली कलासंस्कृति, भाषा साहित्य र खेलकुद लगायतका क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More