राष्ट्रिय
समाचार.
- अफ्रिका कप अफ नेसन्स समूह ‘बी’ को पहिलो खेलमा मोहमद सालाहले अतिरिक्त समयमा गोल गर्दै इजिप्टलाई जिम्बाबेलामाथि २–१ को जित दिलाए।
- जिम्बाब्वेले २०औं मिनेटमा प्रिन्स दुवेको गोलले अग्रता लिएको थियो भने ओमार मर्माउशले ६४औं मिनेटमा बराबरी गोल गरे।
- समूह ‘बी’ मा दक्षिण अफ्रिकाले एङ्गोलालाई २–१ गोलअन्तरले हराएको छ र अब इजिप्टले दक्षिण अफ्रिकासँग खेल्नेछ।
८ पुस, काठमाडौं । मोहमद सालाहले खेलको अन्तिम समयमा गोल गर्दै अफ्रिका कप अफ नेसन्समा इजिप्टलाई जित दिलाएका छन् ।
समूह ‘बी’ को पहिलो खेलमा इजिप्टले जिम्बाबेलाई २–१ गोलअन्तरले हराएको हो ।
जिम्बाब्वेले २०औं मिनेटमा अप्रत्याशित रूपमा गोल गर्दै अग्रता लिएको थियो। प्रिन्स दुवेले गोल गरेका थिए ।
दोस्रो हाफको ६४औं मिनेटमा ओमार मर्माउशले बराबरी गोल गरे। खेल बराबरीमै सकिने जस्तो देखिँदा अतिरिक्त समयमा सालाहको प्रहार गोलमा परिणत भयो।
यो जितसँगै इजिप्टले समूह ‘बी’मा ३ अंक जोडेको छ । अब इजिप्टले दक्षिण अफ्रिकासँग तथा जिम्बाबेले एङ्गोलासँग खेल्नेछ ।
समूह बी कै अर्को खेलमा दक्षिण अफ्रिकाले एङ्गोलालाई २-१ गोलअन्तरले हरायो ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

