― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsआश्वासनको खेती सप्रियो, अधिकारको फसल भित्रिएन – KhabarHost

आश्वासनको खेती सप्रियो, अधिकारको फसल भित्रिएन – KhabarHost


खड्गबहादुर गन्धर्व



१७ माघ, घोराही । ‘पानीचार भाको भए तोरी र अन्नपात प्रशस्तै फल्थ्यो नि ! हाम्रो त न जग्गामा अधिकार छ, न उब्जनी राम्रो हुन्छ । हाम्रो बस्तीको हालत यस्तै हो,’ ७५ वर्षीय खड्गबहादुर गन्धर्व आफ्नो पीडा सुनाउँछन् ।

घोराही–तुलसीपुर सडकखण्डको मज्गैदेखि उत्तरतिर एउटा बाक्लो बस्ती छ । दाङ क्षेत्र नम्बर २ मा पर्ने यो गाउँको नाम हो ‘नयाँ बस्ती’ । २०२७ सालमा सल्यानबाट बसाइँ सरेर आएका थिए खड्गबहादुर । उनीसँगै शशे, खुनी, माघे र ज्ञानसिंह गन्धर्वका पाँच परिवारबाट सुरु भएको यो बस्तीमा अहिले झण्डै १०० परिवार पुगिसकेका छन् । तर, आधा दशकभन्दा लामो समय बितिसक्दा पनि ‘नयाँ बस्ती’का बासिन्दाको अवस्था भने २०२७ सालकै जस्तो छ ।

ईंट्टाले बनेको र जस्ताले छाएको एकपाखे घर छ खड्गबहादुरको । आगो बाल्दा धुँवाले भित्ता कालै भएका छन् । जस्ताको छानो पनि कालै छ । आँगन ओध्रिएको छ ।

त्यही आँगनमा ठूलो त्रिपाल ओछ्याएर खड्गबहादुरकी बुहारी तोरी केलाउँदै छिन् । छेउँमा बसेर खड्गबहादुर अनलाइनखबरसँग पीडा साट्दैछन् । ‘बस्तीको नाममा ‘नयाँ’ जोडिए पनि अझै पुरानै समस्या छन् । हाम्रो जमिनमा न पानी छ, न पुर्जा छ । नयाँ बस्तीको पुस्तानी यही हो ।’

विगतका वर्षजस्तै यस वर्ष पनि नेताहरु नयाँ बस्तीमा भोट माग्दै पुगेका छन् । र, उही पुरानै आश्वासन दोहोर्‍याइरहेका छन्– पानी, बिजुली, सुख सुबिस्ता….।

विगतका वर्षहरुमा जस्तै दोहोरिँदै आएका तिनै आश्वासन चुपचाप सुनिरहेको छ गन्धर्व परिवार ।

खड्गबहादुरकी बुहारी भिमा भन्छिन्, ‘फेरी चुनाउ आयो, फेरी आशमा बाँच्ने र आश्वासन सुन्ने दिन आए हाम्रा ।’

खड्गबहादुरकी बुहारी भिमा

बस्तीको नाम फेरियो, मुहार फेरिएन

अहिले ‘नयाँबस्ती’को नाम पाएको गन्धर्व बस्तीलाई कुनै बेला ‘गाइने डेरा’ भनिथ्यो । गन्धर्व जातिहरुको बसोबास मात्रै भएको र उनीहरुले सारङ्गी बजाउँदै गीत गाएर अनाज संकलन गर्ने भएकाले बस्तीको नाम नै ‘गाइने टोल’ रह्यो । पछि ‘संगीत टोल, ‘भरत टोल’ हुँदै अहिले ‘नयाँ बस्ती’ नाम रह्यो ।

राजनीतिक व्यवस्था परिवर्तनसँगै ‘गाइने टोल’का नाम फेरिए तर अवस्था फेरिएन । आश्वासनको खेती सप्रियो तर अधिकारको फसल कहिल्यै भित्रिएन ।

५४ वर्षअघि सल्यानबाट बसाइँ सरेर आएको यो समुदायका परिवार आज पनि भूमिहीन छन् र हरेक चुनावमा उही पुराना आश्वासनको भारी बोकेर नयाँ नेताको प्रतीक्षा गरिरहन्छन् ।

गन्धर्व बस्ती

भिमा भन्छिन्, ‘निर्वाचनको बेला बस्तीको मुहार फेर्ने योजना लिएर नेताहरु आउँछन् । तर आश्वासन बाहेक केही दिँदैनन् । हामीलाई गाउँतिर काम मिल्दैन, ज्याला मजदुरीका लागि टाढा जानुपर्छ । आफ्नो जग्गा जमिनको उब्जनीले खान पुग्दैन । सारङ्गीले मात्रै जीबन चल्दैन ।’

गन्धर्व बस्तीको पीडा न नेताले बुझे, न राज्यले । घर छ, तर अडेको जमिनको पुर्जा छैन । युवा छन्, रोजगार छैन । बालबालिका छन्, विद्यालय छैन । बाँस छ, गाँस छैन । गाँसका लागि बालकदेखि वृद्धवृद्धासम्म ईट्टाभट्टादेखि भारतसम्म मजदुरीका लागि धाउनुपर्ने बाध्यता छ ।

भिमा भन्छिन् ‘अब पनि नेता आउँछन्,  विकास ल्याउने भन्लान्, चुनाउ सकिएपछि न नेता आउलान्, न विकास आउला ।’

निर्वाचनले नेताको पर्खाइलाई पुरा गर्छ तर आश्वासन पुरा नहुने कुराले दु:खी छ गन्धर्व बस्ती । त्यसैले भिमा प्रश्न गर्छिन्– ‘हाम्रो पीडामा मल्हम लगाउँछ कसले ?’





Read More