काठमाडौं, वैशाख २

राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) ले प्रतिनिधिसभाको सभामुखका लागि उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको राप्रपाको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । राप्रपाका अध्यक्ष रवि लामिछानेले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले अनुमोदन गरेको छ।

सभामुख चयनका लागि आइतबार (५ अप्रिल) बिहान ११ बजे सभामुखको बैठक बोलाइएको छ।