― Advertisement ―

नि:शुल्क अडियोबुकहरू, किराना सामानहरू, उपहार कार्डहरू, र थप – प्राइम सदस्यहरूले यस हप्ता नि:शुल्क लाभहरूमा $ 555 स्कोर गर्न सक्छन्

हामी अर्को Amazon प्राइम डे अहिले, र तपाईंसँग मेरो वार्षिक रिपिंग पसलको सूची पहिले नै तयार छ। तथापि, तपाईंले एक प्रतिशत खर्च गर्नु अघि,...
HomeLatest newsआधाभन्दा धेरै स्थानीय तहमा गरिबी दर राष्ट्रिय औसतभन्दा माथि

आधाभन्दा धेरै स्थानीय तहमा गरिबी दर राष्ट्रिय औसतभन्दा माथि


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय तथ्यांक कार्यालयले ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहमा गरिबी दर राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा माथि रहेको जनाएको छ।
  • जाजरकोटको जुनीचाँदे गाउँपालिकामा ७७.८९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांकले देखाएको छ।
  • अछाम जिल्लामा ४९.५८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको र कास्कीमा सबैभन्दा कम ५.६३ प्रतिशत रहेको कार्यालयले उल्लेख गरेको छ।

२५ पुस, काठमाडौं । नेपालमा आधाभन्दा बढी स्थानीय तहमा गरिबी दर राष्ट्रिय औसतभन्दा माथि रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार ३ सय ९ स्थानीय तहमा गरिबी दर राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा कम छ । तर, ४ सय ४४ स्थानीय तहको गरिबी दर भने राष्ट्रिय औसतभन्दा बढी देखिएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार नेपाल जीवनस्तर सर्वेक्षणबाट आएको नतिजालाई राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनासँग विश्लेषण गरी गरिबीको लघुक्षेत्र अनुमान गरेको हो ।

यसमा कार्यालयले अन्तर्राष्ट्रिय स्तरमा प्रचलित विधि प्रयोग गरी ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहमा गरिबीको तथ्यांक अनुमान गरेको हो ।

नेपाल जीवनस्तर सर्वेक्षणको नतिजा भने आर्थिक वर्ष २०८०/८१ मै सार्वजनिक गरिएको थियो । सोही अनुसार नेपालमा वार्षिक ७२ हजार ९ सय ८ रुपैयाँ प्रतिव्यक्ति खर्च गर्न नसक्ने व्यक्तिलाई गरिबीको रेखामुनि राखिएको थियो ।

यसअघि २०६६/६७ मा वार्षिक १९ हजार २ज सय ६१ रुपैयाँ वार्षिक प्रतिव्यक्ति खर्च आधार मानी गरिबीको रेखा अनुमान गरिएको थियो ।

नेपाल जीवनस्तर सर्वेक्षणले निकालेको राष्ट्रिय औसतको तुलनाका धेरै स्थानीय तहको स्तर तल रहनुबाट धनी र गरिबबीचको खाडल उच्च रहेको संकेत गरेको छ ।

सहरमा १८.३४ प्रतिशत गरिबी रहेको छ भने ग्रामीण भेगमा २४.६६ प्रतिशत गरिबी छ । प्रदेशगत हेर्दा सबैभन्दा बढी गरिबीको दर सुदूरपश्चिम र सबैभन्दा कम गण्डकीमा छ । प्रतिवेदन अनुसार स्थानीय तहमा गरिबीको दर न्यूनतम १.१८ देखि ७७.८९ प्रतिशतसम्म छ ।

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा सबैभन्दा धेरै गरिबी

तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी गरिबी दर रहेको स्थानीय तह जाजरकोटको जुनीचाँदे गाउँपालिका रहेको पाइएको छ । त्यहाँ स्थानीय तहमा ७७.८९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको देखिएको छ ।

सबैभन्दा कम गरिबीको दर भने मुस्ताङमा छ । मुस्ताङको घरपझोङ गाउँपालिकामा गरिबीको दर १.१८ प्रतिशतमात्र रहेको तथ्यांकले देखाएको छ ।

संख्याका आधारमा भने सबैभन्दा धेरै गरिबी काठमाडौं महानगरपालिकामा छ । यस पालिकामा ५९ हजार २ सय १८ जना गरिबीको रेखामुनि रहेको तथ्यांक छ । महानगरमा गरिबीको रेखामुनि ६.८७ प्रतिशत जनसंख्या रहेको तथ्यांकले देखाएको छ ।

अछाममा धेरै गरिबी, कम कास्की

जिल्लागत हेर्दा धेरै गरिबी अछाममा छ । यस जिल्लामा ४९.५८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । सबैभन्दा कम गरिबी भने कास्कीमा ५.६३ प्रतिशतमात्र छ ।

जिल्लागत गरिबीको दर विश्लेषण गर्दा ३४ जिल्लाको राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा कम र ४३ जिल्लाको राष्ट्रिय औसतभन्दा माथि छ ।

कार्यालयका अनुसार यस तथ्यांकले गरिबी निवारणमा नयाँ नीति निर्माण, योजना तथा बजेट कार्यान्वयन, अनुगमन र मूल्यांकनमा सहयोग हुने विश्वास लिइएको छ ।

सबैभन्दा बढी गरिबी दर भएका १० स्थानीय तह

 





Read More