― Advertisement ―

के यो काममा AI को लागि टिपिङ बिन्दु हो? नयाँ ग्यालप सर्वेक्षणले सबै अमेरिकी कर्मचारीहरू मध्ये आधा अब यसलाई कुनै न कुनै तरिकामा प्रयोग...

अमेरिकी कामदारहरूको आधाले अब उनीहरूले आफ्नो भूमिकामा एआई प्रविधिको कुनै न कुनै रूप प्रयोग गरेको बताउँछन्, संख्यालाई पहिलो पटक महत्वपूर्ण बिन्दुमा धकेल्दै।नयाँ Gallup अनुसन्धान...
HomeLatest newsआज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै – KhabarHost

आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै – KhabarHost


गोरखाको बारपाकमा निर्मित भूकम्प स्मृति पार्कस्थल । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रविन्दु बारपाक थियो ।


राष्ट्रिय

समाचार.

  • आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस काठमाडौंको खुलामञ्चमा प्रदर्शनी र अभ्याससहित मनाइँदैछ।
  • विसं १९९० माघ २ गते गएको ८.४ म्याग्निच्युडको भूकम्पमा ८ हजार ८१९ जनाको मृत्यु र ८० हजार घर ध्वस्त भएका थिए।
  • २०७२ वैशाख १२ को गोरखा भूकम्पमा ८ हजार ६७० जनाको मृत्यु र ७ लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो।

२ माघ, काठमाडौं । आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाइँदैछ ।

यस वर्ष काठमाडौंको खुलामञ्चमा मूल समाराेह तथा भूकम्प सुरक्षा प्रदर्शनी आयोजना हुँदैछ । यसैगरी आज दिउँसो २ः२४ मिनेटमा सञ्चार माध्यममा एकसाथ बज्ने धुनसँगै एक मिनेट भूकम्पीय सुरक्षाका लागि राष्ट्रिय अभ्यासमा सहभागी भएर पनि दिवस मनाइँदैछ ।

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २:२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो ।

विस १९९० को भूकम्पमा परी ८ हजार ८१९ जनाको मृत्यु भएको थियो । ८० हजार घर ध्वस्त भएका थिए ।

ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८  संरचना भत्किएको थियो ।

यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी ८ हजार ६७० जनाको ज्यान गएको थियो भने ७ लाख भन्दा बढी आवासमा क्षति पुगेको थियो ।

भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउने  उद्देश्यले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।





Read More