― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest newsआगामी १६ पुसमा महाधिवेशन – KhabarHost

आगामी १६ पुसमा महाधिवेशन – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचनअगावै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
  • इतर समूहले पुस १६ मा महाधिवेशनको मिति तोक्ने र कार्यतालिका बनाउन महामन्त्रीद्वयलाई जिम्मा दिएको छ।
  • कोइरालाको कार्यालयमा बसेको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए।

१४ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

नेता डा. शेखर कोइरालाको विशाल नगरस्थित सम्पर्क कार्यालयमा शुक्रबार बिहान बसेको इतर समूहको बैठकले २१ फागुनको निर्वाचनअगावै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो।

‘नियमित महाधिवेशन निर्वाचन अगाडि नै गर्नुपर्छ, ढिलोमा पुस मसान्तभित्र गरिसक्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ विशाल नगर बैठकमा सहभागी एक नेताले भने, ‘पुस १६ मा महाधिवेशनको मिति तोक्ने गरी भनेका छौं।’

इतर समूहले आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र शुक्रबारको बैठकमा पेस गर्न महामन्त्रीद्वयलाई जिम्मा दिएको छ।

‘पुस १६ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका ल्याउने, कार्यवाहक सभापतिसँग कुरा गरेर आजकै बैठकमा प्रस्ताव पेस गर्ने सल्लाह भएको छ,’ ती पदाधिकारीले भने।

कोइरालासँगको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत सहभागी थिए।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More