― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsआगामी वर्षको बजेट लेख्न सुरु गर्नुस् – KhabarHost

आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस् – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उपसभापति डा.स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न निर्देशन दिएका छन्।

२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उपसभापति डा.स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न निर्देशन दिएका छन् ।

पार्टी समायोजन सभालाई सम्बोधन गर्दै उनले भने, ‘रास्वपाको उत्साह देखेर पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई म भन्छु- डा’साप आगामी बर्षको बजेट लेख्न सुरु गर्नुस् ।’

उनले पार्टीमा अहिले कवि, कलाकार, मोडलहरू जोडिएको भनेर विरोध गर्नेहरूलाई पनि जवाफ फर्काए । ‘तपाईंहरूले उनीहरूलाई गरिखान दिनु भयो र? बाध्य भएर हस्तक्षेप गर्न राजनीतिमा आएका हुन्’ उनले भने ।

उनले अन्य दलबीच एकता हुँदा र एकता भंग हुँदाका अनुहार हेरिरहेको भन्दै देश बनाउने यात्रामा गोलबद्ध हुन आग्रह गरे ।





Read More