― Advertisement ―

Homeराष्ट्रिय समाचारआगामी चुनावमा निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने

आगामी चुनावमा निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने


राष्ट्रिय

समाचार.

  • निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि कडाइ गरिएको आचारसंहिता तर्जुमा गरिरहेको छ।
  • कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आन्दोलनको जगमा हुन लागेको निर्वाचनमा आचारसंहिता कडाइका साथ लागू गरिने बताए।
  • निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन कानुन र नीतिलाई संविधानभन्दा अग्रगामी बनाएर लागू गरिने आयोगको प्रतिबद्धता छ।

१८ कात्तिक, काठमाडौं । आगामी चुनावमा निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने भएको छ ।

निर्वाचन आयोगले अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि निर्वाचन आचारसंहिता तर्जुमा गरिरहेको छ । जसमा कडाइ गरिने प्रावधानहरू राख्न खोजिएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विगतको भन्दा यो पटकको निर्वाचन विशेष परिस्थितिमा भइरहेको कारण निर्वाचन आचारसंहिता पालनामा कडाइ गरिने बताउँछन् ।

उनी भन्छन्, ‘२०७९ सालमा भएको निर्वाचन र २०८२ सालमा हुने निर्वाचनमा थोरै भिन्नता रहेको छ । ०७९ सालका आवधिक निर्वाचन भएको थियो । अहिले आन्दोलनको जगमा हुन लागेको निर्वाचन हो ।’

आन्दोलनको जगमा निर्वाचन भइरहेको कारण आचारसंहिता कार्यान्वयन आयोगले गम्भीरताका साथ काम गर्ने उनको प्रतिवद्धता छ ।

उनी थप्छन्, ‘गत ०७९ मा भएको निर्वाचनमा आचारसंहिता कार्यान्वयन गराउने भूमिका मैले नै निर्वाह गरेको थिएँ । आफैंले संयोजन गरको थिएँ । अहिले त्योभन्दा केही पृथक ढंगले आचारसंहिता तर्जुमा गर्नुपर्ने र त्यसको कार्यान्वयन गर्नुपर्ने हुन्छ ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तीपूर्ण ढंगले पूरा गर्न कानुन एवं नीतिलाई संविधानभन्दा पनि अग्रगामी बनाएर लागू गरिने बताएका छन् ।

‘अहिले विगतकोभन्दा कडा आचारसंहिता आउँछ । कानुन र नीति नियमलाई संविधानभन्दा पनि अग्रगामी बनाएर कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता पनि रहेको छ,’ उनी भन्छन्, ‘यसको लागि हामी सरोकारवाला पक्षसँग आवश्यक सल्लाह गरेर के गर्दा उपयुक्त हुन्छ त्यहीअनुसार आचारसंहिता लागू गर्छौं ।’

निर्वाचनलाई निष्पक्ष, शान्तीपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन गर्ने पनि उनले बताएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More