― Advertisement ―

एआई सफ्टवेयरले लुकेको यूएस पावर ग्रिड क्षमताले एकल प्रसारण लाइन निर्माण नगरी हजारौं डाटा केन्द्रहरू आपूर्ति गर्न सक्ने दाबी गरेको छ।

एआई सफ्टवेयरले बिजुलीको क्षमता बढाउन सक्ने सफ्टवेयरको दाबी लुकाउन सक्छ। अभावGridCARE भन्छ कि सिमुलेशनले अवस्थित विद्युत पूर्वाधारहरूमा प्रयोग नगरिएको प्रसारण क्षमता प्रकट गर्दछअवस्थित प्रसारण...
Homeअन्तर्राष्ट्रियआइसल्यान्डमा पहिलोपटक देखियो लामखुट्टे – KhabarHost

आइसल्यान्डमा पहिलोपटक देखियो लामखुट्टे – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • आइसल्यान्डमा पहिलोपटक लामखुट्टे फेला परेका छन्, जुन देशमा पहिल्यै लामखुट्टे नपाइने मानिन्थ्यो।
  • अनुसन्धाता ब्योर्न ह्याल्टेसनले गत सातामा रक्सीमा भिजेका डोरी प्रयोग गरी लामखुट्टे पत्ता लगाएका हुन्।
  • फेला परेका लामखुट्टेहरू ‘कुलिसेटा अन्नुलाटा’ प्रजातिका छन्, जुन चिसो मौसममा पनि बाँच्न सक्छन्।

५ कात्तिक, काठमाडौं । लगभग वर्षभरि हिउँले ढाकिएको आइसल्यान्डमा पहिलोपटक लामखुट्टे फेला परेका छन्। यस वर्ष वसन्त ऋतुमा त्यहाँ रेकर्ड कायम गर्नेगरी गर्मी बढेको थियो।

स्थानीय मिडियाका रिपोर्टअनुसार, अनुसन्धाता ब्योर्न ह्याल्टेसनले गत सातामा लगातार केही रातसम्म रक्सीमा भिजेका डोरीहरू प्रयोग गरेर पातपतिङ्गरहरूको अवलोकन गरिरहेका बेला लामखुट्टे देखेका हुन् ।

बीबीसीका अनुसार, ह्याल्टेसनले दुईवटा पोथी र एउटा भाले मच्छर फेला पारे। यी लामखुट्टेहरू ‘कुलिसेटा अन्नुलाटा’ नामक प्रजाति भएको पत्ता लागेको छ।

यो त्यस्ता केही मच्छर प्रजातिमध्ये एक हो, जुन चिसो मौसममा पनि बाँच्न सक्छ।

आइसल्यान्ड यसअघि लामखुट्टै नपाइने देशहरूमा पर्दथ्यो । लामखुट्टे नपाइने अर्को टाउँ अन्टार्कटिका हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More