― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsअस्पतालसँग सहमति भएसँगै मिनाश्रीको शव खोटाङ लैजाने तयारी

अस्पतालसँग सहमति भएसँगै मिनाश्रीको शव खोटाङ लैजाने तयारी


फाइल तस्वीर



१३ कात्तिक, काठमाडौं । अस्पतालसँग सहमति भएसँगै मिनाश्री राईको शव खोटाङ लैजाने तयारी भएको छ ।

सुत्केरी गराउने क्रममा गत शुक्रबात राति मिनाश्रीको ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पतालमा मृत्यु भएको थियो ।

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गर्दा अस्पतालमा तनाव ग्रस्त भएको थियो । आक्रोशित भीडले अस्पताल तोडफोड समेत गरेका थिए । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास समेत प्रहार गरेको थियो ।

अस्पताल प्रशासनले मृतक मिनाश्रीको दुई वटा बच्चालाई १२ कक्षासम्म निःशुल्क पढाइदिने, मृतकको परिवारलाई १५ वर्षसम्म स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने सहमति भएको मृतकका दाजु देवेन्द्र राईले अनलाइनखबरलाई जानकारी दिए ।

अस्पतालसँग सहमति भएसँगै अन्तिम संस्कारका लागि मिनाश्रीको शव गाउँ लैजाने तयारी भइरहेको उनले बताए ।

उनले भने, ‘अन्तिम संस्कारका लागि बहिनीको शव खोटाङ लैजाने तयारी भइरहेको छ । हेलिकप्टरको व्यवस्था पनि मिलाइसकेका छौं । तर मौसम खराब भएका कारण अहिलेसम्म जान सकिरहेका छैनौं ।’

घटना के थियो ?

चिकित्सकले दिएको समयमै सुत्केरी गराउन मिनाश्री गत शुक्रबार बिहान ९ बजे किष्ट अस्पताल पुगेकी थिइन् ।

तर, साँझ साढे ५ बजेसम्म पनि मिनाश्रीलाई सुत्केरी बेथा नलागेको उनका दाजु देवेन्द्र राई बताउँछन् । राति साढे ९ बजेतिर एक्कासि इन्टर्नसिप गरिरहेका चिकित्सकले जबरजस्ती नर्मल डेलिभरी गराउँदा ब्लिडिङ नरोकिएर बहिनीको मृत्यु भएको देवेन्द्र बताउँछन् ।

आफूहरूसँग सल्लाह नै नलिई आफू खुसी इन्टर्नसिप गरिरहेका डाक्टरले सिकाइका लागि आफ्नो बहिनीलाई नर्मल डेलिभरी गराउँदा मिनाश्रीले ज्यान गुमाउनु परेको उनले दुखेसो पोखे ।

देवेन्द्रले भने, ‘मिनाश्रीले गर्भवती अवस्थामा नियमित किष्ट अस्पतालमै चेकअप गराएकी हुन् । उनी नियमित हेर्ने चिकित्सकको सल्लाहबमोजिम नै ९ कात्तिकमा डेलिभरी गराउन अस्पताल भर्ना भएकी हुन् । बहिनी र बच्चाको स्वास्थ्य अवस्था राम्रै थियो । तर बहिनी अस्पतालको चरम लापरबाहीको सिकार बन्न पुगिन् ।’

ओभर ब्लिडिङकै कारण बहिनीको मृत्यु भएको भन्दै देवेन्द्र भने, ‘हामीलाई झुक्याउन राति दुई पटकसम्म अस्पतालले अपरेसनको नाटक समेत गर्‍यो । यो त चरम लापरबाही होइन र ?’

बहिनीको अपरेसनमा पनि सिनियर चिकित्सकहरू सहभागी नभएको उनको आरोप छ । उनले भने, ‘ओभर ब्लिडिङ भइरहेको छ । पहिलो अपरेसनमा पनि ब्लिडिङ रोकिएन । फेरि अर्को अपरेसन गर्नुपर्छ भने । बहिनीको ज्यान बच्छ भने गर्नुस् भन्यौं । अनेकौं प्रयास गरेर रातरात नै फ्रेस ब्लडको व्यवस्था पनि गर्‍यौं । तर बहिनीलाई बचाउन सकेनौं ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More