― Advertisement ―

Amazon को Ring क्यामेराहरू बजेटमा तपाईंको घर सुरक्षित गर्नको लागि उत्तम समाधान हो – $ 25.99 बाट आजको उत्कृष्ट डिलहरू किन्नुहोस्

जब मौसम न्यानो हुन थाल्छ, यो सधैं आफ्नो घरको सुरक्षा पुन: हेर्नु राम्रो विचार हो, र, संयोगवश, Amazon R.L. मा चलिरहेको क्यामेरा सबैभन्दा राम्रो...
HomeLatest newsअसई रागनीकुमारी उत्कृष्ट प्रहरी घोषित – KhabarHost

असई रागनीकुमारी उत्कृष्ट प्रहरी घोषित – KhabarHost


राष्ट्रिय

समाचार.

  • जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक रागनीकुमारी यादव उत्कृष्ट प्रहरी घोषित भएकी छन् ।
  • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रागनीकुमारीलाई प्रथम स्थानका लागि नगद ४० हजार रुपैयाँसहित प्रशंसा–पत्र प्रदान गरे ।
  • अर्घाखाँची प्रहरी चौकी बालकोटकी शान्ता खत्री दोस्रो र जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी उमा तामाङ तेस्रो स्थानमा परेकी छन्।

१४ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक रागनीकुमारी यादव देशभरकै उत्कृष्ट प्रहरी घोषित भएकी छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा नेपाल प्रहरीको प्रधान कार्यालयले देशभरका महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीहरूमध्ये रागनीकुमारीलाई उत्कृष्ट चयन गरेको हो ।

आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रथम स्थान हासिल गरेकोमा नगद ४० हजार रुपैयाँसहित प्रशंसा–पत्र प्रदान गरे ।

रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा दरबन्दी भएकी रागनी हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत छिन् ।

आर्थिक वर्ष २०८१/०८२ को लैंगिक हिंसाको तथ्यपत्र सार्वजनिकीकरण कार्यक्रमको अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीमध्ये कार्य सम्पादनको आधारमा उत्कृष्ट प्रहरी कर्मचारी छनोट समितिले उनको नाम छनोट गरेको हो।

अर्घाखाँची प्रहरी चौकी बालकोटमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत शान्ता खत्री द्वितीय भएकी छन् । उनले ३० हजार रुपैयाँ नगदसहित प्रमाण–पत्र प्राप्त गरिन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार उमा तामाङले तेस्रो भइन् । प्रहरी प्रधान कार्यालयले उनलाई २० हजार रुपैयाँ नगद तथा प्रशंसा–पत्र प्रदान गरेको छ ।

प्रहरी नायब निरीक्षक पूर्णिमा थापा तथा प्रहरी सहायक निरीक्षक साजना प्रसाईंलाई नगद १० हजारसहित सान्त्वना पुरस्कार दिइएको छ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More