― Advertisement ―

iRobot टेकओभर पूरा भयो – तर यस्तो देखिन्छ कि Roomba ब्रान्ड यसको अमेरिकी जराहरूमा टाँसिएको छ

iRobot अब पूर्ण रूपमा स्वामित्वमा रहेको छ, चिनियाँ बैंकरप्याक्टर कम्पनीको अनुसरण गर्दै छ। प्रक्रियाएउटा नयाँ 'iRobot Safe' सहायक कम्पनी अमेरिकी उपभोक्ता डेटाको सुरक्षाको लागि...
HomeLatest newsअवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ


राष्ट्रिय

समाचार.

  • केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात चिनियाँ नागरिकलाई काठमाडौं महानगरपालिका–२७ स्थित ज्याठाबाट पक्राउ गरेको छ।
  • पक्राउ परेका चिनियाँ नागरिकले चिनियाँ नागरिक लिउ प्यानले सञ्चालन गरेको होटलमा इन्टरनेटको प्रयोग गरी कल बाइपास गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
  • ब्यूरोले जेनजी आन्दोलनका क्रममा फरार कृष्णबहादुर मिजारलाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरी कारागार कार्यालय जगन्नाथदेवल पेस गरेको छ।

२९ पुस, काठमाडौं । अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात चिनियाँ नागरिक पक्राउ परेका छन् ।

गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरूलाई आज काठमाडौँ महानगरापालिका–२७ स्थित ज्याठाबाट पक्राउ गरेको हो ।

उनीहरूले चिनियाँ नागरिक लिउ प्यानले सञ्चालन गरेको होटलमा इन्टरनेटको प्रयोग गरी कल बाइपास गर्ने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ ।

कल बाइपास गर्ने उपकरणसहित पक्राउ परेका चिनियाँ नागरिकमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच, ब्यूरोको टोलीले जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार कैदी कृष्णबहादुर मिजारलाई काठमाडौँको तारकेश्वरबाट आज पक्राउ गरेको छ ।

कारागारबाट फरार रही काठमाडौँ उपत्यकामा लुकीछिपी बसेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । मिजारलाई कारागार कार्यालय जगन्नाथदेवल पेस गरिएको ब्यूरोले जनाएको छ । रासस

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More