― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsअवकाशप्राप्त उपरथी कार्कीको अध्यक्षतामा जय मातृभूमि पार्टी

अवकाशप्राप्त उपरथी कार्कीको अध्यक्षतामा जय मातृभूमि पार्टी


राष्ट्रिय

समाचार.

  • नेपाल सेनाका अवकाशप्राप्त उपरथी सुरेशकुमार कार्कीको अध्यक्षतामा जय मातृभूमि पार्टी गठन भएको छ।
  • जय जन्मभूमि पार्टी नेपाल र राष्ट्रिय मातृभूमि पार्टीबीच एकीकरण भएर जय मातृभूमि पार्टी गठन भएको हो।
  • अध्यक्ष कार्कीले पार्टी राष्ट्रिय स्वाभीमान, सुशासन र स्थिरतामा केन्द्रित रहने र केही दिनमा संगठन र नीतिगत एजेन्डा सार्वजनिक गर्ने बताए।

९ मंसिर, काठमाडौं । नेपाल सेनाका अवकाशप्राप्त उपरथी सुरेशकुमार कार्कीको अध्यक्षतामा जय मातृभूमि पार्टी गठन भएको छ ।

जय जन्मभूमि पार्टी नेपाल र राष्ट्रिय मातृभूमि पार्टीबीच एकीकरण भएर जय मातृभूमि पार्टी गठन भएको हो । एकीकृत पार्टी निर्वाचन आयोगमा वैधानिक रूपमा दर्ता भएको छ ।

नवगठित दल राष्ट्रिय स्वाभीमान, सुशासन र स्थिरताका एजेन्डामा केन्द्रित रहने एकीकृत पार्टीका अध्यक्ष कार्कीले बताए ।

अध्यक्ष कार्कीले राष्ट्रहित, विकास, सुशासन र नागरिकको पहिचान एवं सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘राजनीतिक विभाजन, भ्रष्टाचार र अस्थिरताबाट दिग्भ्रमित जनताका लागि यो दल एक वैकल्पिक प्लेटफर्म बन्नेछ,’ उनले भने । अध्यक्ष कार्कीले केही दिनमा पार्टीको संगठन र नीतिगत एजेन्डा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More