― Advertisement ―

सकर लीगहरूले अवैध स्ट्रिमहरू पत्ता लगाउन र पाइरेसी लड्न वास्तविक-समय AI उपकरणहरू प्रयोग गर्दैछन्।

$07$0M08 अनुमानित घाटा वार्षिक रूपमावास्तविक-समय AI पहिचानले प्रमुख खेलहरूमा पाइरेसी दरहरू घटाउँछपरम्परागत अवरुद्ध उपकरणहरू ठूला-ठूला स्ट्रिमिङ नेटवर्कहरू विरुद्ध सङ्घर्ष गर्छन्लाइभ फुटबल स्ट्रिमहरूको पाइरेसी औद्योगिक...
HomeLatest newsअर्जेन्टिना र स्पेनबीच हुने ‘फिनालिसिमा’ खेलको मिति र स्थान घोषणा

अर्जेन्टिना र स्पेनबीच हुने ‘फिनालिसिमा’ खेलको मिति र स्थान घोषणा


राष्ट्रिय

समाचार.

  • फिनालिसिमा २०२६ खेल २०२६ मार्च २७ मा कतारको लुसेल स्टेडियममा हुने भएको छ।
  • यो खेल स्पेन र अर्जेन्टिनाबीच हुनेछ।
  • खेलको आयोजना कतारको स्थानीय आयोजक समितिले गर्नेछ।

४ पुस, काठमाडौं । युरोपियन फुटबल महासंघ (यूईएफए) र दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल)ले संयुक्त रूपमा पुरुष ‘फिनालिसिमा २०२६’ खेलको मिति, स्थान र समय सार्वजनिक गरेका छन्।

यूरोकप २०२४ को विजेता टोली स्पेन र कोपा अमेरिका २०२४ को विजेता अर्जेन्टिनाबीचको यो खेल २०२६ मार्च २७ मा कतारको लुसेल स्टेडियममा हुनेछ। खेल स्थानीय समयअनुसार राति ९ बजे सुरु हुनेछ।

महाद्वीपीय च्याम्पियन टोलीबीच हुने यो प्रतिष्ठित खेल यूईएफए र कोनमेबोलको सहकार्यमा आयोजना हुँदै आएको हो। सन् २०२२ मा इंग्ल्यान्डको वेम्ब्ली रंगशालामा भएको पहिलो संस्करणमा अर्जेन्टिनाले इटालीलाई ३–० ले हराउँदै उपाधि जितेको थियो।

खेलको आयोजना कतारको स्थानीय आयोजक समितिले गर्नेछ। टिकट बिक्री र अन्य व्यवस्थासम्बन्धी विवरण आउँदो केही हप्तामा सार्वजनिक गरिने जनाइएको छ।





Read More