― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsअमेरिकाले किन बनाउँदैछ प्रविधि दस्ता ? – KhabarHost

अमेरिकाले किन बनाउँदैछ प्रविधि दस्ता ? – KhabarHost



अमेरिकाको ट्रम्प प्रशासनले संघीय सरकारको प्रविधि क्षमता सुदृढ गर्ने उद्देश्यसहित ‘यूएस टेक फोर्स’ नामक महत्वाकांक्षी कार्यक्रम सुरु गरेको छ ।

राष्ट्रपति ट्रम्पले राष्ट्रिय एआई नीतिसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै उक्त प्रविधि दस्ता गठनको कार्य अघि बढाइएको हो ।

सरकारले अघि सारेको यस योजनाअन्तर्गत करिब एक हजारजना इन्जिनियर, डेटा वैज्ञानिक र प्रविधि विज्ञलाई दुई वर्षे करारमा विभिन्न सरकारी निकायमा खटाइनेछ ।

उनीहरुले कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा, सफ्टवेयर विकास र सरकारी डेटा प्रणालीको आधुनिकीकरणमा काम गर्नेछन् ।

अमेरिकी प्रविधि दस्तामा छनोट भएका विज्ञहरूले सम्बन्धित सरकारी एजेन्सीका प्रमुखलाई प्रत्यक्ष रिपोर्ट गर्नेछन् । उनीहरूलाई निजी क्षेत्रका दिग्गज प्रविधि कम्पनीसँग सहकार्य गर्दै काम गर्ने अवसर पनि दिइनेछ ।

यस्तो अभ्यासले सरकारी परियोजना हरुमा निजी क्षेत्रको नवीन सोच र व्यवहारिक सीप भित्र्याउन मद्दत गर्ने विश्वास ट्रम्प प्रशासनको छ ।

उक्त कार्यक्रम अन्तर्गत अमेजन वेब सर्भिसेज, एप्पल, गुगल, माइक्रोसफ्ट, एनभिडिया, ओपनएआई, ओरेकल, पालान्टिर र सेल्सफोर्सजस्ता विश्वकै ठूला प्रविधि कम्पनीहरू सहभागी छन् । यी कम्पनीहरूले प्रविधि, तालिम र परामर्शमार्फत सरकारी परियोजनालाई सहयोग गर्नेछन्। केही कम्पनीहरूले आफ्ना कर्मचारीलाई अस्थायी रूपमा सरकारी सेवामा पठाउने तयारी पनि देखाएका छन् ।

तलब सुविधा कति ?

टेक फोर्समा छनोट हुने विज्ञले वार्षिक करिब डेढ लाखदेखि २ लाख अमेरिकी डलरसम्म तलब पाउने अनुमान गरिएको छ । यसका अतिरिक्त तालिम, नेटवर्किङ र करियर विकासका अवसर पनि उपलब्ध हुनेछन् ।

दुई वर्षे कार्यकाल पूरा भएपछि सहभागीहरू निजी क्षेत्रका साझेदार कम्पनीहरूमा स्थायी रोजगारीका लागि आवेदन दिन सक्नेछन्, जहाँ उनीहरूलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइएको छ ।

किन आवश्यक ठानियो प्रविधि दस्ता ?

पछिल्ला रिपोर्टहरुका अनुसार अमेरिकी संघीय प्रणालीमा प्रविधि जनशक्तिको कमी देखिँदै आएको छ । एआई र डिजिटल सेवाको तीव्र विकाससँगै सरकारी संरचना पछाडि परिरहेको अवस्थामा टेक फोर्सलाई छिटो समाधानको रूपमा अघि सारिएको हो । यस पहलमार्फत अमेरिकाले प्रविधि प्रतिस्पर्धामा चीनलाई चुनौती दिन र राष्ट्रिय सुरक्षासँग जोडिएका डिजिटल क्षमताहरू बलियो बनाउन चाहन्छ ।

यद्यपि उक्त कार्यक्रमको स्वागतसँगै केही आलोचना पनि भएका छन् । विज्ञहरूले निजी कम्पनीको प्रत्यक्ष संलग्नताले स्वार्थको द्वन्द उत्पन्न हुने जोखिम बढ्न सक्ने चेतावनी दिएका छन् ।

साथै दुई वर्षे करार प्रणालीले दीर्घकालीन संस्थागत क्षमता निर्माणमा खासै प्रभाव नपार्ने आशंका पनि गरिएको छ । यसअघि सरकारी डिजिटल सेवासँग सम्बन्धित केही संरचना कटौती गरिएकाले अहिलेको योजना अस्थायी समाधान मात्र हुनसक्ने चिन्ता व्यक्त गरिएको छ ।

अन्तर्राष्ट्रिय र दीर्घकालीन प्रभाव

अमेरिकी प्रविधि दस्ताले विश्वव्यापी प्रविधि प्रतिभा बजारमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ । उच्च तलब र प्रतिष्ठित सरकारी अनुभवका कारण अन्तर्राष्ट्रियस्तरका प्रविधि विज्ञहरू अमेरिकी प्रविधि उद्योगमा आकर्षित हुन सक्ने विश्लेषण गरिएको छ ।

उक्त कार्यक्रमलाई अमेरिकी सरकारी प्रविधि प्रणालीको आधुनिकीकरणमा  ठूलो प्रयास मानिए पनि यसको वास्तविक सफलता पारदर्शिता, कार्यान्वयन र दीर्घकालीन नीतिगत प्रतिबद्धतामा निर्भर रहने विज्ञहरुको विश्लेषण छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More