― Advertisement ―

मैले लुकेको ChatGPT सेटिङ फेला पारे जसले AI ले सोच्ने कत्तिको कडा परिवर्तन गर्छ — र फरकले मलाई छक्क पार्यो

आज, मैले IPhone मा मेरो औँला माथि राख्दा ChatGPT माथिको बटन माथि राख्दा ChatGPT बटन माथि राख्दा arrow) अलि धेरै लामो छ, र मलाई...
HomeLatest newsअमेरिकामा नेपाल प्रवर्द्धन – KhabarHost

अमेरिकामा नेपाल प्रवर्द्धन – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल पर्यटन बोर्डले अमेरिकाको न्युयोर्कमा आयोजित ‘ट्राभल एन्ड एडभेन्चर शो २०२६’ मा सहभागी भएर नेपालको पर्यटन प्रवर्द्धन थप सुदृढ बनाउने उद्देश्य राखेको छ।
  • सन् २०२५ मा १ लाख १२ हजार ३ सय १६ अमेरिकी पर्यटक नेपाल आएका छन् र अमेरिका नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजार बनेको छ।
  • पर्यटन बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालसँग सहकार्यमा साहसिक पर्यटन प्रवर्द्धन गर्दै अमेरिकी पर्यटन व्यवसायीसँग सहकार्य विस्तार गर्ने योजना बनाएको छ।

१३ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धन थप सुदृढ बनाउने उद्देश्य सहित न्युयोर्कमा आयोजित ‘ट्राभल एन्ड एडभेन्चर शो २०२६’ मा सहभागी भएको छ ।

उक्त कार्यक्रम २४–२५ जनवरी २०२६ मा जेकब के जाभिट्स कन्भेन्सन सेन्टर न्युयोर्कमा सम्पन्न भएको हो । नेपालका लागि अमेरिका एक महत्त्वपूर्ण स्रोत बजार रहँदै आएको छ ।

सन् २०२५ मा १ लाख १२ हजार ३ सय १६ अमेरिकी पर्यटक नेपाल आगमन गरेसँगै अमेरिका हाल नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारका रूपमा छ ।

यही पृष्ठभूमिमा उत्तर अमेरिकी बजार लक्षित निरन्तर प्रचार–प्रसार कार्यक्रम अन्तर्गत पर्यटन बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको सहकार्यमा उक्त अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता जनाएको हो ।

दुई दिने कार्यक्रममा सहभागी अमेरिकी पर्यटन व्यवसायी तथा यात्रुले नेपालको साहसिक पर्यटन उत्पादनप्रति विशेष चासो देखाएका थिए । विशेषगरी पर्वतारोहण र ट्रेकिङ सम्बन्धी गतिविधिमा उल्लेखनीय रुचि देखिनुले नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा थप प्रवर्द्धन गर्न सहयोग पुगेको पर्यटन बोर्डको विश्वास छ । साथै, यस सहभागिताले अमेरिकी पर्यटन व्यवसायीसँग पर्यटन सहकार्य विस्तार गर्नुका साथै ‘डेस्टिनेसन नेपाल’ को पहिचान मजबुत बनाउने उद्देश्य पूरा गर्न मद्दत पुगेको जनाइएको छ ।

कार्यक्रमको पहिलो दिन २४ जनवरी मा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत दधिराम भण्डारीले नेपाल प्याभिलियन अवलोकन गरी सहभागी कम्पनीसँग अन्तर्क्रिया गरेका थिए ।

सोही अवसरमा विशेषगरी पूर्वी तटीय अमेरिकी राज्यहरूमा नेपाल प्रवर्द्धनका सम्भावित सहकार्य क्षेत्रबारे छलफल भएको थियो । पर्यटन बोर्डका तर्फबाट उदय भट्टराई र प्रदीप बस्नेतले उक्त कार्यक्रममा प्रतिनिधित्व गरेका थिए ।





Read More