― Advertisement ―

एउटाको मूल्यमा दुई गुगल पिक्सेल फोनहरू चाहनुहुन्छ? Optus ले हरेक Pixel 10 श्रृंखला साइनअपको साथ Pixel 9a दिइरहेको छ

Optus ले आफ्नो फोन योजनाहरूमा मिठाई थप्न जारी राखेको छ, र यसको हालसालैको iPhone 17/Android को लागि यो नयाँ प्रस्ताव राख्छ /Apple ले यो...
HomeLatest newsअमेरिका र रुसको सीमा दूरी ३.८ किलोमिटर, दुई टापुको रोचक तथ्य

अमेरिका र रुसको सीमा दूरी ३.८ किलोमिटर, दुई टापुको रोचक तथ्य


राष्ट्रिय

समाचार.

  • अमेरिका र रूसबीचको सबैभन्दा नजिकको सीमा डियोमेड टापुहरूमा छ, जहाँ दूरी केवल ३.८ किलोमिटर मात्र छ।
  • डियोमेड टापुहरूमा अन्तर्राष्ट्रिय तिथि रेखा गुज्रने भएकाले दुई टापुबीच करिब २१ घण्टाको समय अन्तर छ।
  • अमेरिकाको लिटिल डियोमेडमा करिब ८० जना आदिवासी बस्छन् भने रुसको बिग डियोमेडमा स्थायी बासिन्दा छैनन् र सीमा सुरक्षाकर्मीहरू मात्र छन्।

मानचित्रमा हेर्दा विश्वका दुई कट्टर प्रतिस्पर्धी देश अमेरिका र रूसबीचको दूरी निकै धेरै देखिन्छ । तर यी दुई देश यति धेरै निकट छन् कि दुई देशबीचको दूरी केवल ३.८ किलोमिटर छ।

हो, अमेरिका र रुसबीचको सबैभन्दा नजिकको सीमा क्षेत्र डियोमेड टापुहरूमा पर्दछ, जहाँ दुवै देशबीचको दूरी केवल ३.८ किलोमिटर मात्र छ।

उक्त सीमा क्षेत्रमा अमेरिकाको लिटिल डियोमेड ‘Yesterday Island’ र रूसको बिग डियोमेड ‘Tomorrow Island’ रहेका छन्।

यी दुवै टापु बेरिङ सागरमा रहेका छन् जुन अलास्का (अमेरिका) र साइबेरिया (रूस) बीच फैलिएको छ।

अर्को अनौठो त के भने यतिधेरै नजिक हुँदाहुँदै पनि यी दुई टापुबीचको समयमा भने करिब १ दिनको अन्तर छ ।

वास्तवमा यी दुई टापुहरूको बीचबाट अन्तर्राष्ट्रिय तिथि रेखा गुज्रिने भएकाले एउटा टापुमा आजको दिन हुँदा अर्कोमा भोलिको दिन हुन्छ । अर्थात् दुई टापुबीच करिब २१ घण्टाको समय अन्तर रहेको छ । त्यसैले यो स्थानले समय र अन्तर्राष्ट्रिय सीमाबीचको अनौठो र रोचक तथ्यलाई स्पष्ट रूपमा देखाएको छ।

अमेरिकाको लिटिल डियोमेड टापुमा ‘डियोमेड’ नामको सानो गाउँ छ, जहाँ करिब ८० जना इनुपियाट आदिवासी समुदायका मानिसहरू बसोबास गर्छन् । उनीहरू परम्परागत जीवनशैली अपनाउँछन् । समुद्रमा पाइने सील र वालरसको शिकार गर्छन्, माछा मार्छन् अनि हात्तीको दाँतको कलाकृति पनि बनाउँछन् ।

अमेरिकाको अधिनमा रहेको लिटिल डियोमेड टापुका आदिवासीको बस्ती ।

रुसको बिग डियोमेड टापुमा भने स्थायी बासिन्दाका रूपमा मानिसहरूको स्थायी बसोबास छैन । सन् १९४८ मा सोभियत संघले त्यहाँका मूल निवासीहरूलाई जबरजस्ती मुख्य भूमितर्फ स्थानान्तरण गरेको थियो । हाल यहाँ केवल रुसी सीमा सुरक्षाकर्मीहरू र केही सरकारी कर्मचारीहरू मात्र बस्छन् ।

उता अमेरिकाको लिटिल डियोमेडमा चाहिँ कुनै सैन्य वा सरकारी उपस्थिति छैन । यो पूर्णरूपमा स्थानीय मानिसहरूको गाउँ हो ।

बिग डियोमेडमा रुसको एफएसबी सीमा सेवाको सानो बेस छ । यहाँ सीमा सुरक्षाकर्मीहरू, मौसम स्टेशन र केही सैन्य इकाइहरू तैनाथ छन् । यसलाई रूसको सबैभन्दा पूर्वी बिन्दु मानिन्छ।

जाडो याममा दुवै टापुहरू बरफले जोडिन्छन् । दुई टापुबीच आवागमनका लागि त्यहाँ कुनै पुल, सडक वा नियमित डुंगा सेवा छैन । अनुमतिबिना दुई टापुबीचको अन्तर्राष्ट्रिय सीमा पार गर्न पाइँदैन ।

एजेन्सी

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More