― Advertisement ―

ह्याकरहरूले क्लाउड र ChatGPT को प्रयोग ‘आक्रामक क्षमतामा महत्त्वपूर्ण विकास’ मा सरकारी एजेन्सीहरू उल्लङ्घन गर्न, करोडौं नागरिक रेकर्डहरू लीक गर्न

Gambits रिपोर्ट क्लासमा लोकप्रिय उपकरण प्रयोग गरियो उल्लङ्घनClaude Code + GPT‑4.1 संचालित शोषण, स्क्रिप्ट, र RCEएकल आक्रमणकारीले करोडौं नागरिक रेकर्डहरू चोर्योठूला उद्यमहरूले चाँडै नै...
Homeखेलकुद़़अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियन क्रिकेटरको मृत्यु

अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियन क्रिकेटरको मृत्यु



१३ कात्तिक, काठमाडौं । अस्ट्रेलियामा एक युवा क्रिकेट खेलाडीको मेलबर्नमा अभ्यासका क्रममा चोट लागेर मृत्यु भएको छ।

१७ वर्षीय बेन अष्टिन मंगलबार फेर्नट्री गलीस्थित क्रिकेट नेटमा अभ्यास गरिरहेको बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले उनको टाउको र घाँटीमा चोट लागेको हो ।

उनले अभ्यासका क्रममा हेलमेट पनि लगाएका थिए । मंगलबार चोट लागेपछि तुरुन्तै आपतकालीन सेवा बोलाएर उनलाई अस्पताल लगिएको थियो।

बीबीसीका अनुसार, अस्पतालमा लाइफ सपोर्ट सिस्टममा राखिएकै अवस्थामा बुधबार उनको मृत्यु भएको हो ।

फेर्नट्री गली क्रिकेट क्लबले आफ्ना एक खेलाडीको दुःखद निधनमा क्लब पूर्ण रूपमा विक्षिप्त भएको बताएको छ। क्लबले भनेको छ, ‘बेन एक प्रतिभाशाली र सबैका मनपर्ने खेलाडी थिए।’

फेर्नट्री गली एन्ड डिस्ट्रिक्ट क्रिकेट एसोसिएसनका अध्यक्ष आर्नी वाल्टर्सले बेन ‘स्थानीय क्रिकेटमा प्रतिभाशाली र लोकप्रिय दुवै’ रहेको प्रतिक्रिया दिए ।

‘यो खबरले हाम्रो समुदायमा कति गहिरो असर पार्छ भन्ने मलाई थाहा छ र हामी हाम्रा क्लबहरू र क्रिकेट परिवारलाई हर प्रकारको सहयोग प्रदान गर्नेछौं,’ उनले भने ।

यो घटना अस्ट्रेलियाका क्रिकेटर फिलिप ह्युजको मृत्यु भएको एक दशकपछि आएको हो । उनको सन् २०१४ मा सेफिल्ड शिल्डमा ब्याटिङ गरिरहेका बेला घाँटीमा बलले लागेर मृत्यु भएको थियो।

उनको मृत्युको लागि कोही पनि दोषी नरहेको ठहर गरिएपछि, यस खेलमा सुरक्षा उपकरणहरूमा सुधार ल्याइएको थियो।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More