― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsअभिभावकले ‘टिनएजर’ बच्चाहरूलाई अँगालो हाल्नु कति उचित ?

अभिभावकले ‘टिनएजर’ बच्चाहरूलाई अँगालो हाल्नु कति उचित ?


राष्ट्रिय

समाचार.

  • टिनएज (१३–१९ वर्ष) का बच्चाले अभिभावकबाट माया र लगाव चाहन्छन्, तर आलोचना बिना स्वीकार गर्न चाहन्छन्।
  • अँगालोले टिनएजरलाई भावनात्मक सुरक्षा, आत्मसम्मान र मानसिक स्वास्थ्यमा सुधार गर्छ।
  • टिनएजरलाई अँगालो हाल्दा सहमति लिनुपर्छ र सामाजिक परिस्थितिको सम्मान गर्नुपर्छ।

सबै आमाबुबाले आफ्ना बच्चालाई धेरै माया गर्छन्, तर उमेर बढ्दै जाँदा बच्चाहरूलाई त्यो माया देखाउन गाह्रो हुन्छ । बच्चा सानो हुँदा उसलाई अँगालो हाल्छन्, चुम्बन गर्छन्, काखमा राख्छन् । तर बच्चा ठूलो हुँदै जाँदा आमाबुबाको शारीरिक स्पर्शबाट माया देखाउने बानी घट्दै जान्छ । विशेष गरी टिनएजमा पुग्दा यो लगभग शून्य जस्तै हुन्छ ।

धेरैजसो अभिभावकहरूको प्रश्न हुन्छ- के टिनएजका बच्चालाई अँगालो हाल्नु ठीक हुन्छ ?

के टिनएजर बच्चाले अभिभावकबाट दूरी चाहन्छ ?

टिनएज (१३–१९ वर्षको उमेर) मा बच्चाहरूमा मानसिक र शारीरिक रूपमा धेरै परिवर्तनहरू हुन्छन् । बच्चा भावनात्मक रूपमा निकै उग्र हुन्छन् । उसमा आफ्नो पहिचान र स्वतन्त्रताको चाहना बढ्छ । ऊ साथीहरूको संगत बढी मन पराउँछ, र कहिलेकाहीँ अभिभावकसँग टाढा रहन खोज्छ । तर यसको मतलब यो होइन कि ऊ आमाबुबाबाट पूर्ण दूरी चाहन्छ ।

वास्तवमा, टिनएजर बच्चाले अभिभावकबाट पहिलेजस्तै माया र लगाव चाहन्छ । ऊ चाहन्छ कि अभिभावकले उसलाई कुनै तुलना वा आलोचना नगरी स्वीकार गरोस् । आफूलाई अभिभावकले सुन्नु र बुझ्नु पर्छ भन्ने उनीहरूलाई लागिरहेको हुन्छ । टिनएजरहरूले अभिभावकबाट भावनात्मक समर्थन नपाउँदा चिन्ता, एक्लोपन र डिप्रेसनको जोखिम बढ्छ भन्ने कुरा अध्ययनहरूले समेत देखाएका छन् ।

यो समयमा अभिभावकले उनीहरूसँग खुला संवाद र सकारात्मक स्पर्श कायम राख्नु महत्वपूर्ण हुन्छ ।

अँगालो हाल्नुको मनोवैज्ञानिक प्रभाव

अँगालो हाल्नु केवल भावनात्मक अभिव्यक्ति मात्र होइन, यसको वैज्ञानिक आधार पनि छ । यसले बच्चा र अभिभावक दुवैलाई फाइदा पुर्‍याउँछ । अँगालोले किशोर किशोरीहरुलाई ‘म सुरक्षित छु’, ‘मलाई कसैले बुझ्छ’, ‘म एक्लो छैन’ भन्ने अनुभूति दिलाउछ । यसले भावनात्मक स्थिरता बढाउँछ ।

विशेष गरी परीक्षा, असफलता, डर, दुःख वा आक्रोशको बेला अँगालो अत्यन्त सहयोगी हुन्छ । अँगालोले उनीहरूमा विश्वास बढाउँछ, दूरी घटाउँछ, र संवाद सहज बनाउँछ । बच्चादेखि नै आफ्ना बालबालिकासँग खुसी या दुःख साट्दा अँगालो हाल्ने गरिएको छ भने जीवनभर यो सहज नै हुन्छ ।

विज्ञानका अनुसार जब कसैलाई माया गरेर अँगालो हालिन्छ भने शरीरमा अक्सिटोसिन हर्मोन रिलिज हुन्छ, जसलाई ’लभ हर्मोन’ वा ’कडल हर्मोन’ पनि भनिन्छ । यो हर्मोनले तनाव कम गर्न, राम्रो र सुरक्षित महसुस गराउन भूमिका खेल्छ । थप रूपमा, अँगालो हाल्दा सेरोटोनिन र डोपामाइन जस्ता हर्मोनहरू पनि सक्रिय हुन्छन्, जसले मुड सुधार्छ, डिप्रेसन घटाउँछ र खुसीको अनुभव गराउँछ ।

टिनएजरलाई अँगालो हाल्नुका फाइदा

टिनएजको समयमा अभिभावकले बच्चालाई अँगालो हाल्नुले उनीहरूलाई भावनात्मक सुरक्षा प्रदान गर्छ । उनीहरू बढी सुरक्षित र अभिभावकहरूसँग खुला महसुस गर्छन् ।

-अँगालो हाल्दा आफू जस्तो छु त्यही रूपमा अभिभावकले स्वीकार गरेको महसुस उनीहरू गर्छन् ।

-यसले आत्मसम्मान बढाउँछ र उनीहरूलाई चुनौतीहरू सामना गर्न बलियो बनाउँछ ।

-अभिभावकबाट प्राप्त पर्याप्त मायाले उनीहरूलाई भावनात्मक रूपमा बलियो बनाउँछ ।

-बच्चाले आफूमाथि बढी विश्वास गर्छन्, र डिप्रेसन, चिन्ता र एक्लोपनको भावनाबाट बचाउँछ ।

-अँगालो हाल्नुले प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ, रक्तचाप कम गर्छ र मस्तिष्क विकासमा सहयोग गर्छ ।

-यसले बच्चाको भावनात्मक नियमनलाई पनि सुधार्छ । आफ्नो मनमा भएका कुरा खुलस्त भन्न सहयोग मिल्छ

-अभिभावकबाट प्राप्त सकारात्मक शारीरिक स्पर्शले बच्चामा सही सम्बन्धको समझ विकास गर्छ । अभिभावक–बच्चाको सम्बन्धलाई मजबुत बनाउँछ ।

-अभिभावकहरूबाट माया र स्पर्श पाउने बच्चाहरूमा उच्च आत्मसम्मान, राम्रो शैक्षिक प्रदर्शन र कम मनोवैज्ञानिक समस्या हुन्छन् ।

टिनएजरलाई अँगालो हाल्दा ध्यान दिनुपर्ने कुराहरू:

अँगालो हाल्नु राम्रो भए पनि, यसमा विशेष ध्यान दिन आवश्यक छ । टिनएजरहरूको गोपनीयता र भावनालाई सम्मान गर्नुपर्छ । किशोरावस्थामा शारीरिक र भावनात्मक सीमा संवेदनशील हुन्छ।

गलत ठाउँ, गलत तरिकाले अँलागो हालेमा भ्रम, लज्जा, असुरक्षा उत्पन्न हुन सक्छ । शारीरिक, यौन अनि भावनात्मक दुर्व्यवहार भोगेका छन् भने अँगालोले पुराना चोटहरू झन बल्झाउन सक्छ ।

यदि आफ्ना टिनएजरलाई अँगालो हाल्न चाहनुहुन्छ भने अँगालो हाल्नुअघि उनीहरूको सहमति लिनुपर्छ । उनीहरूलाई सोध्नुपर्छ ‘के म तिमीलाई अँगालो हालेर माया गर्न सक्छु ?’ यदि तिमीलाई मन पर्दैन भने हामीसँगै बसेर कुरा गर्न सक्छौं भन्नुपर्छ । यसले उनीहरूलाई सम्मानित महसुस गराउँछ ।

हरेक ठाउँ वा हरेक समयमा आफ्ना टिनएजरलाई अँगालो हाल्न हुँदैन । विशेष गरी जब ऊ साथीहरूसँग हुन्छ वा भीडमा हुन्छ । टिनएजरहरू सामाजिक रूपमा आफ्ना भावनाहरू देखाउन मन पराउँदैनन् । घरमा, राति सुत्ने समय वा तनावपूर्ण क्षणमा यो उपयुक्त हुन्छ ।

केही परिवारमा छोरा र छोरीलाई फरक तरिकाले हेर्ने चलन हुन्छ । तर अँगालो हाल्नु लिंगभेदी होइन, यो मायाको अभिव्यक्ति हो । यदि बच्चा असहज महसुस गर्छ भने विकल्पहरू जस्तै काँधमा हात राख्ने वा शाब्दिक माया व्यक्त गर्ने प्रयोग गर्नुपर्छ ।

सबै टिनएजरहरू शारीरिक स्पर्श मन पराउँदैनन् । यस अवस्थामा, उनीहरूसँग समय बिताउने, उनीहरूका कुरा सुन्ने, सकारात्मक शब्दहरू प्रयोग गर्ने वा सँगै खेल्ने जस्ता तरिकाहरू अपनाउन सकिन्छ । यसले पनि माया देखाउँछ ।

नेपाली समाजमा टिनएजरलाई अँगालो हाल्नु किन गलत मानिन्छ ?

नेपाली समाजमा शारीरिक स्पर्शलाई एक प्रकारको निषेधित जस्तै हेरिन्छ । यहाँ बच्चा ठूलो भयो भने उसलाई अँगालो हाल्नु गलत हो भन्ने साचे प्रचलित छ । यो सांस्कृतिक मान्यताबाट प्रभावित छ, जहाँ टिनएजपछि बच्चाहरूलाई ‘ठूला’ मानेर भावनात्मक अभिव्यक्तिमा सीमित गरिन्छ । तर टिनएजर बच्चालाई अँगालो हाल्नु पूर्णरूपमा गलत होइन । त्यसमा बच्चाको सहमति समावेश हुनु भने जरुरी हुन्छ ।

नेपाली समाजमा यो धारणा परिवर्तन हुँदैछ । अहिले अभिभावकहरूले यसलाई अपनाउँदै छन् । अभिभावकहरूले आफ्ना बच्चासँग खुलेर छलफल गर्नु र सकारात्मक उदाहरण दिनु आवश्यक छ । अन्ततः, माया देखाउने यो तरिका बच्चाको समग्र विकासका लागि फाइदाजनक छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More