― Advertisement ―

यहाँ 11 TV हरू छन् जसमा म NBA Playoffs हेर्न सिफारिस गर्छु — $1,700 सम्म छुट 4K, QLED र OLED TV हरू

यो सप्ताहन्तमा NBA प्लेअफ सुरु हुन्छ, र यदि तपाइँ आफ्नो मनपर्ने टोली हेर्नको लागि आफ्नो डिस्प्ले अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने, तपाइँ Best...
HomeLatest news‘अब राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावलीका लागि लाइन लाग्नु पर्दैन’ (भिडियो)

‘अब राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावलीका लागि लाइन लाग्नु पर्दैन’ (भिडियो)



२७ कात्तिक, काठमाडौं । जिल्ला निर्वाचन कार्यालय काठमाडौंको प्रांगणमा बिहीबार दिउँसो मतदाता नामवलीमा नाम दर्ता गर्न आएका सेवाग्राहीको भिड थियो । युवादेखि ज्येष्ठ नागरिकसम्म नामावलीमा नाम दर्ता गर्न पुगेका थिए ।

त्यहीबीचमा एउटा सूचना आयो- अब राष्ट्रिय परिचयपत्र भएकाहरू कार्यालयमा नाम दर्ता गर्न आउनु पर्दैन ।

हामीसँग राष्ट्रिय परिचयपत्र छ भन्दै लाइनमा बसेकाहरू एकाएक घरतिर लागे । एकाएक भिड पनि कम भयो । निर्वाचन आयोगलाई पञ्जीकरण विभागले नागरिकले राष्ट्रिय परिचयपत्रका लागि भरेको  बायोमेट्रिक लगायतका विवरण उपलब्ध गराएपछि सहज भएको हो ।

राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामवलीमा नाम समावेश गर्न सकिने भएसँगै निर्वाचन कार्यालयहरूमा भिड कम हुने भएको छ ।

‘मतदतालाई निकै सहज हुने भयो । मतदाता यहाँ आउनु पर्दैन । जसको राष्ट्रिय परिचयपत्र छ उसले घरमै बसेर आवेदन भर्न सक्ने भयो,’ जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराईले भने, ‘राष्ट्रिय परिचयपत्रको विवरणबाट नै मतदाता नामवलीमा नाम दर्ता गर्न सकिन्छ । फोटो खिच्न अब कार्यालयमा आउनै पर्दैन ।’

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराई

राष्ट्रिय परिचयपत्र भएकाले पनि अनलाइनबाट आवेदन भने दिनुपर्छ । सम्बन्धित व्यक्तिले आवेदन दिए पश्चात आवेदन नम्बर प्राप्त गर्नुहुन्छ र प्रदेश/जिल्ला निर्वाचन कार्यालयले अनुमोदन गरेपछि मोबाइल वा इमेलमा मतदाता परिचयपत्र नम्बर प्राप्त हुन्छ ।

‘धेरैको राष्ट्रिय परिचयपत्र छ । थोरैको मात्र नभएको हो । राष्ट्रिय परिचयपत्र नभएकाले पुरानै शैलीमा अनलाइनबाट फारम भरेर फोटो खिच्नको लागि कार्यालयमा नै आउनुपर्छ,’ भट्टराईले भने ।

तर राष्ट्रिय परिचयपत्र छ भन्दैमा स्वत: मतदाता परिचयपत्र भने बन्दैन । यसका लागि निर्वाचन आयोगको वेबसाइटमा भएर अनलाइन आवेदन दिनुपर्छ । त्यसपछि मतदाता नामवली तयार हुन्छ ।

सबैभन्दा धेरै भिड निर्वाचन कार्यालय काठमाडौंमा हुने गरेको छ । ७७ जिल्लाकै नागरिक काठमाडौं कार्यालयमा पुग्ने गरेकाले भिड भएको हो । ‘सुरुमा चाप कम थियो । अन्तितमा धेरै आउने चलन छ । नयाँ थप गर्ने, सार्ने, सच्याउने सबै काम एकैपकट हुँदा सर्भरमा समस्या आएको हो,’ उनले भने ।

बिहीबार दिउँसो पनि सर्भरमा समस्या आएको थियो । राष्ट्रिय परिचयपत्रसँग जोड्ने प्रक्रियाका कारण सर्भरमा समस्या आएको कार्यालयको भनाइ छ ।

‘राष्ट्रिय परिचयपत्रमा जोड्न लागेकाले १ घण्टा सर्भरमा समस्या आएको थियो । त्यसपछि सहज भयो,’ भट्टराईले भने । उनका अनुसार ८ वटा कम्प्युटर राखेर बायोमेट्रिक संकलन भइरहेको छ । ‘बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म काम गरिरहेका छौँ,’ उनले भने ।

निर्वाचनको मिति घोषणा भएदेखि हालसम्म काठमाडौं कार्यालयले २५ हजार ७ सय ७९ जनाको नाम दर्ता गरेको छ । राष्ट्रिय परिचयपत्रको आधारमा नाम दर्ता गर्न सक्ने भएपछि मतदाताको संख्या अझैं बढ्ने छ । तर सर्भरको समस्या पनि समाधान गर्नुपर्ने चुनौती आयोगलाई छ ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More