― Advertisement ―

बोसबाट एएनसी हेडफोनका राजाहरूले आफ्नो ब्ल्याक फ्राइडे मूल्य $ 199 मा हाले

Id-best-headphonesab> Amazon मा Bose QuietComfort हेडफोन $199 को लागि। QuietComfort हेडफोनहरू शोर-रद्दीकरणमा उत्कृष्ट छन्, तर तिनीहरू एक-ट्रिक पोनीबाट टाढा छन्। उत्कृष्ट ध्वनि गुणस्तर,...
HomeLatest newsअन्तिम विकल्पको रुपमा राजनीतिमा आउँछु – KhabarHost

अन्तिम विकल्पको रुपमा राजनीतिमा आउँछु – KhabarHost


राष्ट्रिय

समाचार.

  • हिपहप कलाकार साकारले सन् २०२६ देखि २०२७ सम्म ठूलो योजनासहित र्‍याप गायनमा अघि बढ्ने बताएका छन्।
  • साकारले बालेन शाह असक्षम भए आफू अन्तिम विकल्पको रूपमा राजनीतिमा आउने संकेत दिएका छन्।
  • साकारले काठमाडौंमा मेट्रो रेल, गाउँ-गाउँ जोड्ने सडक, भ्रष्टाचार विरुद्ध कडा कारबाही र निःशुल्क स्वास्थ्य शिक्षा दिने योजना राखेका छन्।

काठमाडौं । जेनजी पुस्ताका चर्चित हिपहप कलाकार तथा र्‍यापर साकारको प्रसिद्धी नेपालमा मात्र सीमित छैन । डायस्पोराबाट समेत उनलाई निकै पछ्याइन्छ ।

उनी बेला-बेलामा सामाजिक र राजनीतिक टिप्पणी पनि गरिरहन्छन् । कोभिडको समयमा उनले दिएका कतिपय कुरा विवादास्पद बने । यसप्रति उनले माफी पनि मागिसकेका छन् ।

यतिबेला भने साकार गम्भीरतापूर्वक र्‍याप गायनमा अघि बढेको देखिन्छ । उनले लगातार गीत ल्याइरहेका छन् । केही दिनअघि उनले सन् २०२६ देखि २०२७ सम्म आफू ठूलै योजनासहित अघि बढेको बताएका थिए । यो भनिरहँदा लुक्स पनि नयाँ ल्याइसकेका छन् ।

लगत्तै साकारले अर्को एक पोस्टमा आफू सम्भवतः राजनीतिमा लाग्ने संकेत पनि दिएका छन् । बालेन शाह असक्षम भए आफू अन्तिम विकल्पको रुपमा राजनीतिमा लाग्ने उनको भनाइ छ ।

साकार लेख्छन्, ‘सबै कुरा हेरिसकेपछि, र एकपटक मौका दिँदा पनि यदि बालेन असक्षम सावित भए भने, अन्तिम विकल्पको रूपमा साकार राजनीतिमा आउनेछन् र नेपाललाई पूरै उथलपुथल पारिदिनेछन् भनेर सोचे हुन्छ । काठमाडौं र मुख्य सहरमा मेट्रो रेल, गाउँ-गाउँ र सहर जोड्ने चिल्ला सडक, भ्रष्टाचार गर्नेलाई जन्मकैद, विदेशी लगानी, पर्यटनको विकास, अनि सबैका लागि निःशुल्क स्वास्थ्य र शिक्षा र सायद… सम्भवतः… पक्कै पनि ! साकारको सरकार । जय नेपाल ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More