― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsअनलाइनखबरकर्मी धिमाललाई मातृशोक – KhabarHost

अनलाइनखबरकर्मी धिमाललाई मातृशोक – KhabarHost


राष्ट्रिय

समाचार.

  • अनलाइनखबरकर्मी आर्यन धिमालकी आमा टेकमाया धिमालको ६२ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको छ।
  • टेकमायाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको थियो र उनको शव झापा पुर्‍याएर अन्त्येष्टि गरिनेछ।
  • टेकमायाका दुई छोरा र तीन छोरी छन् र अनलाइनखबर परिवारले धिमाल परिवारप्रति समवेदना व्यक्त गरेको छ।

११ पुस, काठमाडौं । अनलाइनखबरकर्मी आर्यन धिमाललाई मातृशोक परेको छ । उनकी आमा टेकमाया धिमालको आज ६२ वर्षको उमेरमा निधन भएको छ ।

झापाको साविक लखनपुर-९ घर भएकी टेकमायाको काठमाडौंमा उपचारको क्रममा आज निधन भएको हो ।

पाठेघरको क्यान्सरबाट पीडित टेकमायाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको थियो । उनको शव आजै झापा पुर्‍याएर परम्पराअनुसार अन्त्येष्टि गरिने धिमाल परिवारले जनाएको छ ।

टेकमायाका दुई छोरा र तीन छोरी छन् । अनलाइनखबरका फोटो पत्रकार आर्यन उनका कान्छा छोरा हुन् ।

अनलाइनखबर परिवार स्वर्गीय टेकमायाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त धिमाल परिवारप्रति समवेदना व्यक्त गर्दछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More