― Advertisement ―

के तपाईको Xbox नियन्त्रकले हालसालै ब्याट्री समावेश नगरी पठाएको थियो? माइक्रोसफ्टले अन्ततः मुद्दालाई स्वीकार गरेको छ र खेलाडीहरूलाई ‘एक पटकको प्रस्ताव’ को साथ क्षतिपूर्ति...

केही Xbox ब्याटर शिपिङ बिना वायरलेस कन्ट्रोलरहरू छन्। महिनाहरूMicrosoft ले अब खेलाडीहरूलाई आफ्नो हराएको वस्तु नि:शुल्क दाबी गर्न "एक पटकको प्रस्ताव" प्रदान गरिरहेको छखेलाडीहरूले...
HomeLatest newsअघिल्लो दिनकै भाउमा सुनको कारोबार, चाँदी बढ्यो – KhabarHost

अघिल्लो दिनकै भाउमा सुनको कारोबार, चाँदी बढ्यो – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार अघिल्लो दिनकै मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुने बताएको छ।
  • अन्तर्राष्ट्रिय बजारको मूल्यमा सामान्य उतारचढावका कारण चार दिनमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ।
  • चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेर ३ हजार ६० रुपैयाँ कायम भएको छ र असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड छ।

१७ कात्तिक, काठमाडौं । सोमबार अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनकै मूल्य तय गरेको हो ।

प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुने छ । अन्तर्राष्ट्रिय बजारको मूल्यमा सामान्य उतारचढाव रहेपछि यहाँ मूल्य स्थिर रहेको हो । चार दिनमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।

गत बिहीबार २ लाख ३६ हजार ३ सयमा सुनको कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुन हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको थियो ।

चाँदी भने आज तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ३ हजार ५५ रुपैयाँ प्रतितोला रहेको चाँदी आज ३ हजार ६० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ असोज ३१ गते ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।





Read More