ब्याङ्ककबाट काठमाण्डौसम्म लागुऔषध तस्करी गर्ने क्रममा भारतीय नागरिक पक्राउ
काठमाडौँ, पुस २१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल टनेल गेट क्षेत्रबाट आइतबार दिउँसो प्रहरीले ४.२८४ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ३३ वर्षीय रञ्जित सिंहलाई निरीक्षणका क्रममा उनको झोलाबाट शंकास्पद तस्कर बरामद भएपछि हिरासतमा लिइएको थियो। सिंह थाइ एयरवेजको विमानमा बैंककबाट काठमाडौं आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले उक्त बरामद गरेको हो।
यसैक्रममा अवैध लागूऔषधको खेप लिन आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोमा बुझाइएको छ।

