कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको डे–नाइट वेस्टर्न डर्बी म्याचमा सुदुरपश्चिमले कर्णालीलाई ४५ रनले पराजित गरेको हो ।
६ मंसिर, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ गर्दै ४ विकेट लिएपछि कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको डे–नाइट वेस्टर्न डर्बी म्याचमा सुदुरपश्चिमले कर्णालीलाई ४५ रनले पराजित गरेको हो ।
१४० रनको लक्ष्य पछ्याएको कर्णाली ५ बल बाँकी छँदै ९४ रनमा अलआउट भयो । कर्णालीका लागि पवन र्सारफले सर्वाधिक २७ र मार्क वाटले १७ रन बनाए । २९ रनमा ४ विकेट गुमाएको कर्णालीका लागि कप्तान सोमपाल कामी र पवन सर्राफले ३४ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।
तर लगातार विकेट जाँदा कर्णाली कमजोर देखियो । कर्णालीलाई अलआउट गर्न सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । हर्मीत सिंहले ४ ओभरमा १ मेडन राख्दै १९ रन मात्र खर्चेर २ विकेट लिए । अविनाश बोहराले पनि २ विकेट लिए । स्कट कुगेलेइनले किफायती बलिङ गर्दै ४ ओभरमा ९ रन मात्र दिएर १ विकेट लिए । हेमन्त धामीले १ विकेट लिए ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

