― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsयुरोप-नेपाल स्वास्थ्य सम्मान २०२५ नेपाल मेडिकल एसोसिएसनलाई

युरोप-नेपाल स्वास्थ्य सम्मान २०२५ नेपाल मेडिकल एसोसिएसनलाई


राष्ट्रिय

समाचार.

  • युरोपस्थित नेपाली चिकित्सक संस्था सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेशनल्स इन युरोपले नेपाल मेडिकल एसोसिएसनलाई ‘युरोप-नेपाल स्वास्थ्य सम्मान २०२५’ प्रदान गर्ने निर्णय गरेको छ।
  • यो सम्मान नेपालका आवसीय चिकित्सकको हक-अधिकार, तलब-भत्ता र पेशागत सुरक्षाका लागि गरेको निरन्तर पहलको कदरमा दिइनेछ र पुरस्कार राशि नगद १ लाख १ रुपैयाँ रहनेछ।
  • सोसाइटीका अध्यक्ष डा. विनय कुमार श्रेष्ठले छिट्टै नेपालमा कार्यक्रमबीच पुरस्कार राशिसहित सम्मानपत्र प्रदान गरिने जानकारी दिएका छन्।

बार्सिलोना । युरोपमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको संस्था सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेशनल्स इन युरोपले आफ्नो प्रतिष्ठित ‘युरोप-नेपाल स्वास्थ्य सम्मान २०२५’ नेपाल मेडिकल एसोसिएसनलाई प्रदान गर्ने भएको छ ।

प्रत्येक वर्ष प्रदान गरिने यो सम्मानको पुरस्कार राशि नगद १ लाख १ रुपैयाँ रहने सोसाइटीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

विज्ञप्तिअनुसार, नेपालका आवसीय चिकित्सकको हक-अधिकार,तलब-भत्ता तथा पेशागत सुरक्षाका लागि गरेको निरन्तर पहल, संघर्ष र हासिल उपलब्धिको उच्च कदर गर्दै यस वर्षको सम्मान मेडिकल एसोसिएसन लाई समर्पित गरिएको हो ।

सोसाइटीका अध्यक्ष डा. विनय कुमार श्रेष्ठ का अनुसार, युरोप-नेपाल स्वास्थ्य सम्मान नेपालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्यकर्मीको हक-अधिकार संरक्षण तथा स्वास्थ्य क्षेत्रको समग्र प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्तित्व वा संस्थालाई कदर गर्ने उद्देश्यले स्थापना गरिएको हो ।

‘हामी छिट्टै नेपालमा एक कार्यक्रमवीच पुरस्कार राशिसहित सम्मानपत्र प्रदान गर्नेछौँ,’ डा. श्रेष्ठले बताए ।
यसअघि सोसाइटीले पहिलो युरोप सम्मेलनमा प्रा. डा. गणेश आचार्यलाई ‘नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ प्रदान गरेको थियो ।

अध्यक्ष श्रेष्ठका अनुसार, युरोप र नेपाल दुवै स्थानमा स्वास्थ्य क्षेत्रमा सक्रिय व्यक्तित्व तथा संस्थालाई लक्षित गर्दै यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More