― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest news५० हप्तासम्म हलमा चलेको धर्मेन्द्रको यो फिल्म, जसले रातारात सुपरस्टार बनायो

५० हप्तासम्म हलमा चलेको धर्मेन्द्रको यो फिल्म, जसले रातारात सुपरस्टार बनायो


राष्ट्रिय

समाचार.

  • बलिउड सुपरस्टार धर्मेन्द्रले ८९ वर्षको उमेरमा सोमबार संसार छाडे।
  • धर्मेन्द्रको करियर बदल्ने फिल्म ‘फूल और पत्थर’ सन् १९६६ अगस्ट १४ मा रिलिज भयो र ५० हप्ताभन्दा बढी समय हलमा चल्यो।
  • ‘फूल और पत्थर’ मा धर्मेन्द्रले शाका नामको ग्याङ्स्टरको भूमिका निभाए र फिल्मले दुईवटा फिल्मफेयर अवार्ड जित्यो।

धर्मेन्द्रले आफ्नो करिअरमा दर्जनौं ब्लकबस्टर फिल्महरू दिएका छन् ।  तर एउटी यस्तो फिल्म पनि छ, जसले ५० हप्तासम्म सिनेमा हलमा चलेर धर्मेन्द्रलाई रातारात सुपरस्टार बनाइदियो।

सुपरस्टार धर्मेन्द्रले ८९ वर्षको उमेरमा सोमबार संसार छाडेका छन् ।

लामो समय बलिउडमा धमाका मच्चाएका धर्मेन्द्रको त्यो फिल्मको चर्चा गर्दैछौं, जसले उनलाई सुपरस्टार बनायो । उनको करियर बदल्ने पहिलो ठूलो सफलता दिलाउने सन् १९६६ को रोमान्टिक ड्रामा फिल्म ‘फूल और पत्थर’ थियो । यो फिल्म ५० हप्ताभन्दा बढी समयसम्म सिनेमा हलमा चलिरह्यो।

फिल्ममा शाका नामको एक खुंखार ग्याङ्स्टरको कथा छ । उसको जीवनमा अप्रत्याशित मोड तब आउँछ, जब परिवारले छोडेकी विधवा शान्ति देवीप्रति उसलाई दया जाग्छ । निर्देशक ओपी रल्हनले पहिले यो फिल्ममा सुनील दत्तलाई अफर गरेका थिए । तर, बोल्ड थिमका कारण सुनीलले अस्वीकार गरे । त्यसपछि धर्मेन्द्रले शाकाको भूमिका पाए भने शान्तिको भूमिका मीना कुमारीले निभाइन् ।

सन् १९६६ अगस्ट १४ मा रिलिज भएको थियो ‘फूल और पत्थर’ । स्वतन्त्रता दिवसको सप्ताहन्तमा रिलिज भएको यो फिल्मले दर्शको ठूलो साथ पायो । ५० हप्ताभन्दा बढी समयसम्म हलमा चल्यो । यो फिल्म धर्मेन्द्रको करिअरको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट बन्यो । धर्मेन्द्र र मीना कुमारीको केमिस्ट्री दर्शकलाई अत्यधिक मन पर्‍यो । दुवैले पछि ‘चन्दन का पालना’, ‘मँझली दीदी’ र ‘बहारों कि मंजिल’ मा पनि सँगै काम गरे ।

यो फिल्मको तमिलमा एम.जी. रामचन्द्रनसँग ‘ओली विलक्कू’, तेलुगुमा एन.टी. रामारावसँग ‘निन्दु मनसुलु’ र मलयालममा जयन्सँग ‘पुथिया वेलिचम’ नाममा रिमेक पनि बनेको थियो।

यस्तो थियो फिल्मको स्टारकास्ट ओपी रल्हन निर्देशित यो फिल्मले वसन्त बोरकर (उत्कृष्ट सम्पादन) र शान्ति दास (उत्कृष्ट कला निर्देशन) लाई दुईवटा फिल्मफेयर अवार्ड पनि जितायो। यो ब्लकबस्टर फिल्ममा धर्मेन्द्र र मीना कुमारीसँगै शशिकला, जीवन, ललिता पवार, मदन पुरी, टुन टुन, लीला चिटनिस, सुन्दर र इफ्तिखार जस्ता कलाकारहरू थिए।





Read More