― Advertisement ―

LG C5 हाम्रो शीर्ष-मूल्याङ्कन गरिएको टिभी हो र Amazon को सबैभन्दा धेरै बिक्रि हुने OLED डिस्प्ले हो — 42-इन्च मोडेल मात्र $999 मा पाउनुहोस्

यदि तपाईंले Amazon मा सबैभन्दा बढी बिक्रि हुने OLED टिभी, तपाईले <a-link" डेटा-लाइनमा फेला पार्नुहुनेछ। href="https://www.techradar.com/tag/lg" data-auto-tag-linker="true" data-url="https://www.techradar.com/tag/lg" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://s.dar.g. 42-इन्च C5 OLED...
HomeLatest newsएल्चेसँग रियल मड्रिडको बराबरी – KhabarHost

एल्चेसँग रियल मड्रिडको बराबरी – KhabarHost


राष्ट्रिय

समाचार.

  • स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले एल्चेसँग २-२ को बराबरी खेलेको छ।
  • खेलमा एल्चेले दुई पटक अग्रता लिए पनि रियलले बराबरी गोल गर्दै हार टारेको हो।
  • बराबरीपछि रियलले बार्सिलोनासँग अंकदूरी बढाउने अवसर गुमाएको छ र रियल १३ खेलमा ३२ अंकसहित एक अंकले अघि छ।

८ मंसिर, काठमाडौं । स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले एल्चेसँग बराबरी खेलेको छ । एल्चेको मैदानमा भएको खेल २-२ को बराबरीमा सकिएको हो ।

खेलमा एल्चेले सुरुवाती अग्रता लिएर बराबरी भएपछि फेरि एल्चेले नै अग्रता लिएर रियलले बराबरी गर्दै हार टारेको हो । सबै गोल दोस्रो हाफमै भएका थिए ।

खेलको ५३औं मिनेटमा एलेक्स फेबासले गोल गर्दै एल्चेलाई अग्रता दिलाएका थिए । ७८औं मिनेटमा डिन हुजिसेनले रियलका लागि बराबरी गोल गरे ।

८४औं मिनेटमा अल्भारो रोड्रिग्वेजले एल्चेलाई पुन: अगाडि ल्याउँदा ८७औं मिनेटमा जुड बेलिङहमले गोल गर्दै फेरि खेल बराबरीमा ल्याए ।

एल्चेका भिक्टर कस्टले इन्जुरी समयको अन्तिममा रातो कार्ड पनि पाए ।

बराबरीपछि रियलले प्रतिद्वन्द्वी बार्सिलोनासँग अंकदूरी बढाउने अवसर गुमाएको छ । रियल अब बार्सिलोनाभन्दा १ अंक मात्र अघि छ ।

रियलको १३ खेलमा ३२ अंक छ भने बार्सिलोनाको ३१ अंक छ । एल्चेको १३ खेलमा १६ अंक छ ।





Read More