― Advertisement ―

गति रणनीति होइन: मानव निर्णय एआई-नेतृत्व निर्णयहरूमा केन्द्रित हुनुपर्छ

संगठनहरूले एआई उपकरणले निर्णय लिने अपेक्षा गरिएको छ केही वर्ष पहिले अवास्तविकएआईले नाटकीय रूपमा विस्तार गरिरहेको छ कि संगठनहरूले कति चाँडो बुझ्न, व्याख्या...
HomeLatest newsकस्तो हुनेछ प्रगतिशील लोकतान्त्रिक पार्टी ? के हो यसको विचारधारा ?

कस्तो हुनेछ प्रगतिशील लोकतान्त्रिक पार्टी ? के हो यसको विचारधारा ?


राष्ट्रिय

समाचार.

  • आज समाजमा व्याप्त भोक, रोग, अशिक्षा र असमानताको मूल कारण शोषण र विभेद नै हो र यसको उन्मूलन गरी स्वतन्त्र संसार निर्माण गर्नु साझा लक्ष्य हो।
  • नेपालमा दुई प्रकारका राजनीतिक दल छन्: यथास्थितिवादी र पश्चगामी, हामी तेस्रो कित्ताकाट गर्ने पक्षमा छौँ।
  • गरिबी निवारणका लागि गरिब परिवारलाई परिचयपत्र दिई आधारभूत आवश्यकताका सामानहरू करमुक्त दरमा उपलब्ध गराउने हाम्रो प्राथमिकता हुनेछ।

आज समाजमा व्याप्त भोक, रोग, अशिक्षा र असमानताको मूल कारण शोषण र विभेद नै हो। यो कारणको निदान र उन्मूलन गरी स्वतन्त्रताको संसार निर्माण गर्नु हाम्रो साझा लक्ष्य हो।

मार्क्सवादी विचारको वैज्ञानिक विकास

मानव सभ्यताको इतिहासमा समतामूलक समाज निर्माणका निम्ति प्रतिबद्ध चिन्तक, वैज्ञानिक, ज्ञानी पूर्वजहरूबाट प्राप्त शिक्षालाई आजको सन्दर्भमा उपयोगी हुनेगरी विकास गर्नु हाम्रो बौद्धिक र वैचारिक दायित्व हो।

यी तमाम चिन्तकहरूमध्ये शोषण, विभेद र अलगावका विरुद्ध संघर्ष गर्ने महामार्ग कार्ल मार्क्सले देखाएका छन्। मार्क्सको शिक्षा लिनु भनेको मार्क्सकै तरिकाले सोच्नु र व्यवहार गर्नु हो। उत्पीडित वर्ग र समुदायका जनतालाई वाणी प्रदान गर्ने यो क्रान्तिकारी सिद्धान्त विज्ञानसम्मत भए पनि अपूर्ण छ। अपूर्ण रहेकैले यो वैज्ञानिक छ र फेरिएको समय र सन्दर्भमा यसलाई उन्नत तुल्याइएन भने यो मृत पोथा बन्न पुग्छ।

दिदेरो हुन् वा भोल्टेयर, कपिल हुन् वा कबीर, बुद्ध हुन् वा मार्क्स— यी सबैको ज्ञान ‘ज्ञानको सामान्य घेरा’ भित्रकै उपज हुन्। यी कुनै बाहिरी जगतबाट एकाएक भित्रिएका ज्ञान होइनन्।

त्यसैले मार्क्सवादको विकासका निम्ति, यसलाई सान्दर्भिक बनाइ राख्नका निम्ति पनि ज्ञान र विज्ञानका विभिन्न क्षेत्रहरूमा भएका प्रगतिहरूबाट यसलाई समृद्ध तुल्याइनुपर्दछ। यसो गर्दा निश्चय नै ती शाखाहरूका विजातीय जराहरू तथा ऐंजेरुहरूलाई जतनसाथ हटाइनुपर्दछ।

खास गरेर सञ्चारको क्षेत्रमा भएको चमत्कारिक विकासका कारण प्रकृति विज्ञानको क्षेत्रमा भएको प्रगतिसँग तुलना गर्दा समाज विज्ञान धेरै पछाडि परेको छ। यो साझा चुनौती सामना गर्न हाम्रो पार्टी पनि प्रतिबद्ध छ।

निरक्षरतामाथि शिक्षाको दक्षता र श्रेष्ठता कायम गर्ने प्रणाली विकास गर्नु हाम्रो प्रमुख उद्देश्य हुनेछ।

मानवीय सम्प्रभुता र मर्यादा कायम भएको, बन्धनमुक्त मानव संसारका निर्माताहरूले यो साझा ग्रहमा रहेका अन्य प्राणी र वातावरणको रक्षाको दायित्व पनि निर्वाह गर्नुपर्दछ भन्नेमा हामी सजग छौँ।

राजनीति र गणतन्त्रको अभिष्ट

समाजका यावत् अन्तरविरोधहरूको केन्द्रीय अभिव्यक्ति राजनीतिमार्फत हुने गर्दछ। त्यसैले राजनीतिबाट भाग्न खोज्नु सामाजिक दायित्वबाट भाग्नुसरह हो। खराब राजनीतिको विकल्प असल राजनीति बाहेक अरू केही हुन सक्दैन।

नेपालमा अहिले दुई प्रकारका सोच भएका राजनीतिक दलहरू क्रियाशील छन्:

पहिलो, अहिलेकै मरणच्याँसे गणतन्त्र, खास धर्मको पोषण गर्ने धर्मनिरपेक्षता र नेताहरूको मनमाफिक चल्ने समावेशी प्रजातन्त्रसँगै अहिलेकै राजनीतिक संस्कृति, सोच र शैली जोगाइ राख्न चाहनेहरू यथास्थितिवादीहरू ।

दोस्रो,  यही प्रणालीअन्तर्गत आम जनतालाई प्राप्त थोरै अधिकारहरूको पनि अपहरण गरी पुरानै निरङ्कुशतन्त्र फर्काइ ल्याउनेहरू पश्चगामीहरू ।

हामी तेस्रो कित्ताकाट गर्ने पक्षमा छौँ।

गणतन्त्रलाई सामाजिक जीवनको हरेक पहलुभित्र लागू गर्नु हाम्रो पहिलो अभिष्ट हो। जात व्यवस्था, पितृसत्तात्मक सोच र चलन, सामन्ती संस्कार, अन्धभक्ति र विश्वास गणतन्त्रको पहिलो निशानामा पारिनुपर्दछ।

हाम्रो बुझाइमा सेक्युलरिजम भनेको परलौकिक चिन्तन र चलनमाथि सांसारिक चिन्तन र चलनको विजय हो। अन्धविश्वासमाथि तर्कको श्रेष्ठता र धर्ममाथि विज्ञानको श्रेष्ठता कायम गरिनुपर्दछ।

समावेशी प्रजातन्त्रको मर्म भनेको उत्पीडित वर्ग, लिङ्ग, क्षेत्र र जातिका जनताको मुक्तिका लागि नीति निर्माण, कार्यक्रम र व्यवहारमा उत्पीडितहरूको विशेष सहभागिता हो। यो सम्भ्रान्तहरूले दया गरेर भिक्षा दिने कुरा होइन।

हाम्रो वैचारिक प्रभावमा रहने सबै जनवर्ग, जनसङ्गठन र विशेषत: जातीय मोर्चाहरूले जात व्यवस्थाको अन्त्य (दलितको मुक्ति) लाई आफ्नो मुक्तिको पूर्वशर्तका रूपमा स्वीकार गरेर तदनुसार नै नीति, कार्यक्रम र व्यवहार अगाडि बढाउनेछन्।

विचारविहीन राजनीतिको वकालत गर्नेहरूले जानेर वा अनजानमा सद्विचारको विरोध र कुविचारको जगेर्ना गरिरहेका हुन्छन्।

निरक्षरतामाथि शिक्षाको दक्षता र श्रेष्ठता कायम गर्ने प्रणाली विकास गर्नु हाम्रो प्रमुख उद्देश्य हुनेछ।

पार्टी र समाजवादको ध्येय

कुनै बेला समाज परिवर्तनका निम्ति खुलेका पार्टीहरू खास नेताको मठ र सिङ्गो पार्टी धर्मभीरु सम्प्रदायमा फेरिएको नेपालको वास्तविकताबाट हामीले मनग्गे शिक्षा लिएका छौँ। त्यसैले नेता विशेषको प्रताप र सनकमा सञ्चालन हुने अर्को एउटा पार्टी खोल्ने कुराको हामी सख्त विरोधमा छौँ।

जिज्ञासु, जागरुक, विनम्र, स्वाभिमानी, सदाचारी र सद्विचारयुक्त पारदर्शी नेता-कार्यकर्ताहरू निर्माण गर्नु हाम्रो उद्देश्य हुनेछ।

विचारविहीन राजनीतिको वकालत गर्नेहरूले जानेर वा अनजानमा सद्विचारको विरोध र कुविचारको जगेर्ना गरिरहेका हुन्छन्।

एक मान्छेले अर्को मान्छेको शोषण गर्न असम्भव हुने प्रणाली, सोच र संस्कृति कायम गर्नु नै समाजवादको ध्येय हो। योबाहेक समाजवादको अर्को कुनै परिभाषा हामीलाई मन्जुर छैन।

उन्नत अर्थनीति र शिक्षा प्रणाली

अर्थतन्त्रको सन्दर्भमा नेपालको प्राथमिकता र बाटो नेपालले नै छनोट गर्न पाउने अवस्थाको सिर्जना गर्नु हाम्रो पहिलो कर्तव्य हुनेछ।

उपभोक्ताको आवश्यकताअनुसार बजारको सञ्चालन गरिनेछ। बजारले नै आवश्यकता र उपभोक्ता निर्माण गर्ने ‘बजारवाद’ लाई उल्टाएर नयाँ र उन्नत जनमैत्री अर्थनीतिको अवलम्बन गरिनेछ।

उद्देश्यमा अस्पष्ट, समीक्षा र दायित्वबाट बिल्कुल टाढा रहेको वर्तमान शिक्षासम्बन्धी सोच, प्रणाली र ढर्रालाई प्रतिस्थापन गरिनेछ। यसको ठाउँमा अन्धविश्वास, सामन्ती र पितृसत्तात्मक सोचबाट मुक्त, उद्देश्यमा स्पष्ट, सबै मान्छेलाई मान्छेकै रूपमा मर्यादित गराउने शिक्षा व्यवस्था लागू गरिनेछ।

ज्ञान विज्ञानमा आधारित, नैतिक र कर्तव्यपरायण, देशप्रेमी चरित्र निर्माण गर्ने उद्देश्यसहित नयाँ र उन्नत पाठ्यक्रम, शिक्षाको भार, शिक्षण तालिम आदिको समुचित व्यवस्था गरिनेछ।

जमिनको वर्गीकरण गरी खेतीपाती, चरीचरण, आवास, उद्योग, वन, पर्यावरण आदिका निम्ति क्षेत्र तोकिनेछ र कडाइका साथ नीतिलाई लागू गरिनेछ।

शिक्षा र स्वास्थ्यलाई सबै नेपालीको पहुँच पुग्ने क्षेत्र का रूपमा विकसित तुल्याइनेछ। शिक्षा र स्वास्थ्यको व्यापारमा संलग्न व्यक्तिहरू हाम्रो पार्टीको कुनै पनि तहको नेतृत्वमा रहने छैनन्।

गरिबी निवारण र वातावरण

जमिनको वर्गीकरण गरी खेतीपाती, चरीचरण, आवास, उद्योग, वन, पर्यावरण आदिका निम्ति क्षेत्र तोकिनेछ र कडाइका साथ नीतिलाई लागू गरिनेछ।

गरिबीको रेखामुनि रहेका पौरखी परिवारहरूलाई चिह्नित गरी गरिबीको कारणसमेत खुलाएर परिचयपत्र दिइनेछ। त्यसकै आधारमा ती परिवारहरूलाई आधारभूत आवश्यकताका सामानहरू करमुक्त दरमा उपलब्ध गराउने हाम्रो पहिलो प्राथमिकता हुनेछ।

गुनिलो तर तितो औषधिलाई सुगन्धित र सुस्वादु बनाएर प्रस्तुत गर्ने कौशल यत्रतत्र देखा परिरहेको छ। भर्खरै पुँजीवादको मुख्यालयमा समेत यो कौशल देखापरेको छ। प्रगतिशील अभियानका स्वयंसेवकहरूले हाम्रो सन्दर्भमा समाजवादलाई आफ्नै कला र कौशलमार्फत प्रस्तुत गर्नुपर्दछ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More