― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsक्याम्पनोउ पुनरागमनममा सहज जितसहित बार्सिलोना शीर्ष स्थानमा

क्याम्पनोउ पुनरागमनममा सहज जितसहित बार्सिलोना शीर्ष स्थानमा


राष्ट्रिय

समाचार.

  • बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउ पुनरागमनमा एथ्लेटिक विल्वाओलाई ४-० ले पराजित गर्दै स्पानिस ला लिगामा शीर्ष स्थानमा उक्लेको छ।
  • रोबर्ट लेवान्डोस्कीले खेलको चौथो मिनेटमै गोल गरेपछि फेरान टोरेसले दुई गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।
  • रियल मड्रिडसँग समान ३१ अंक भएपनि बार्सिलोनाको गोल अन्तरमा अगाडि रहेको हो ।

७ मंसिर, काठमाडौं । बार्सिलोनाले घरेलु मैदान स्पोटीफाई क्याम्प नोउ पुनरागमनमा एथ्लेटिक विल्वाओलाई ४-० ले पराजित गर्दै स्पानिस ला लिगामा शीर्ष स्थानमा उक्लेको छ ।

सन् २०२३ मे पछि पहिलो पटक आफ्नो ओरिजिनल घरेलु मैदानमा खेलेको बार्सिलोनाले फेरान टोरेसको दुई गोलमा सहज जित हात पारेको हो ।

रोबर्ट लेवान्डोस्कीले खेलको चौथो मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । फेरान टोरेसले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे ।

यस्तै फर्मिन लोपेजले ४८औं मिनेटमा गोल गरे भने फेरानले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ४-० को जित दिलाए ।

यो जितपछि बार्सिलोना अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । बार्सिलोना र रियल मड्रिडको समान ३१ अंक भएपनि बार्सिलोना गोल अन्तरमा अगाडि छ । यद्यपी बार्सिलोनाले भन्दा रियलले एक खेल कम खेलेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More