― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsकरिब ४६ वर्षपछि गोरखापत्रमा नै फर्काइयो ‘गिद्दे प्रेस’

करिब ४६ वर्षपछि गोरखापत्रमा नै फर्काइयो ‘गिद्दे प्रेस’



६ मंसिर, काठमाडौं । नेपालको पहिलो र ऐतिहासिक ‘गिद्दे प्रेस’ गोरखापत्र संस्थानमा फिर्ता ल्याइएको छ । राष्ट्रिय सङ्ग्रहालय छाउनीबाट आज उक्त प्रेस गोरखापत्र संस्थानमा फिर्ता गरिएको हो ।

सङ्ग्रहालयका प्रमुख अरुण नकर्मीले गोरखापत्रका नायब कार्यकारी सम्पादक रामप्रसाद हुमागाईंलाई उक्त प्रेस हस्तान्तरण गरे ।

करिब १२५ वर्षअघि गोरखापत्र छाप्न प्रयोग गरिएको संस्थानको कोठमा अब उक्त प्रेस राखिने तय भएको छ । विसं २०३६ असोज १ गते संरक्षणका लागि प्रेसलाई सङ्ग्रहालयमा पठाउने निर्णय भएको जनाइएको छ ।

प्रेस हस्तान्तरण गर्नुअघि सङ्ग्रहालयका अधिकृत सुवास डङ्गोलसहितको टोलीले संस्थानको भ्रमण गरी आवश्यक सुझावसहित प्रतिवेदन दिएका थिए । विगतमा संरक्षणका लागि सङ्ग्रहालयमा पठाइएको उक्त प्रेस स्थान अभाव र जडानसम्बन्धी दक्ष जनशक्ति नहुँदा कतिपय पार्टपुर्जा खुला आकाशमुनि चउरमा रहेका थिए भने केही ‘स्टोर’मा थन्किएका थिए । केही पार्टपुर्जा भने गोरखापत्र संस्थान परिसरको जमिनमा पनि दबिएको हुनसक्ने अनुमान गरिएको छ ।

इन्जिनियरिङ क्याम्पस थापाथलीमा मेकानिकल विषयमा अध्ययनरत केही विद्यार्थीले स्वयंसेवी रूपमा प्रेसको आवश्यक मर्मतका लागि सहयोग गर्ने बताएको र राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि पनि छलफल भइरहेको गोरखापत्रका नायब कार्यकारी सम्पादक हुमागाईंले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्कंदा विसं १९०८ मा उक्त प्रेस नेपाल ल्याएको इतिहास छ । बेलायतबाट ल्याइएपछि सुरुमा प्रधानमन्त्री राणाकै थापाथली दरबारमा राखिए पनि पछि गोरखापत्रमा पठाइएको जनाइएको छ ।





Read More