― Advertisement ―

होम डिपोको वसन्त बिक्री, ब्ल्याक फ्राइडे भन्दा राम्रो, म भन्न हिम्मत गर्छु? आँगनका फर्निचर, उपकरण, ग्रिल र थपमा ४०% छुट

होम डिपोले एक विशाल वसन्त बिक्री सुरु गरेको छ, उचित रूपमा 'स्प्रिंग ब्ल्याक फ्राइडे', एप्समा %0s, 00 s,4000000 सम्म ग्रिलहरू, घाँस काट्ने उपकरणहरू र...
HomeLatest newsसीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुषा यज्ञ मनाइयो

सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुषा यज्ञ मनाइयो



६ मंसिर, जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुषयज्ञ मनाइएको छ ।

त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिवधनुष भाँचेपछि मिथिलाका राजा जनककी छोरी जानकी सित विवाह भएको धार्मिक मान्यता छ । त्यही मान्यता अनुसार आज विवाहपञ्चमीको तेश्रो दिन जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा धनुष यज्ञ मनाइएको हो ।

जसमा रामका स्वरुप बनेका बालबालिकाले धनुषा भाँचेर धनुष यज्ञ मनाइएको छ ।

रामायणमा वर्णन गरिए अनुसार त्रेता युगमा राजा जनकलाई उक्त शिव धनुष भगवान पर्शुरामले प्रदान गरेका थिए । राजा जनकले उक्त धनुष उचाल्ने व्यक्तिसित मात्र छोरी सीताको विवाह गरिदिने अठोटसहित धनुषयज्ञ आयोजना गरेका थिए । उक्त धनुष कसैले हल्लाउन पनि सकेनन् । तर, अयोध्याबाट आएका भगवान रामले उठाएपछि धनुष टुक्रा भएको रामायणमा वर्णन गरिएको छ । र त्यसपछि सीतासँग रामको विवाह भएको धार्मिक मान्यता छ ।

सप्ताहव्यापी विवाहपञ्चमीको दोश्रो दिन हिजो फूलबारी लिला मनाइएको थियो भने पहिलोदिन बिहीबार  नगरदर्शन गरिएको थियो ।

चौथो दिन भोलि तिल्कोत्सव रहेको छ । पाँचौदिन सोमबार राम र जानकीको मटकोर, छैटो दिन मंगलबार विवाहको मुख्य दिन विवाहपञ्चमी र छैटो दिन बुधबार रामकलेवा गरी विधिवत् रुपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More