― Advertisement ―

बोसबाट एएनसी हेडफोनका राजाहरूले आफ्नो ब्ल्याक फ्राइडे मूल्य $ 199 मा हाले

Id-best-headphonesab> Amazon मा Bose QuietComfort हेडफोन $199 को लागि। QuietComfort हेडफोनहरू शोर-रद्दीकरणमा उत्कृष्ट छन्, तर तिनीहरू एक-ट्रिक पोनीबाट टाढा छन्। उत्कृष्ट ध्वनि गुणस्तर,...
HomeLatest newsविराटनगरको लगातार दोस्रो जित, काठमान्डुको लगातार दोस्रो हार

विराटनगरको लगातार दोस्रो जित, काठमान्डुको लगातार दोस्रो हार


काठमान्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । कप्तान सन्दीप लामिछानेले काठमान्डुका कप्तान करण केसीलाई विजयी चौका प्रहार गरे ।


६ मंसिर, काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ ।

शनिबार भएको खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्दै विराटगरले शतप्रतिशत जित निकालेको हो ।

एनपीएल सिजन टु मा सुदूरपश्चिम रोएल्ससँगै विराटनगर किंग्स मात्र अपराजित छ । विराटनगरले पहिलो खेलमा एनपीएलकै कीर्तिमानी स्कोर बनाउँदै पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।

उता उद्‍घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर सुखद् सुरुवात गरेको काठमान्डुको यो लगातार दोस्रो हार हो । दोस्रो खेलमा काठमान्डु सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

काठमान्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । कप्तान सन्दीप लामिछानेले काठमान्डुका कप्तान करण केसीलाई विजयी चौका प्रहार गरे ।

विराटनगरका लागि ओपनर जर्ज मुन्सेले १६ बलमा ५ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ३६ रन बनाए ।

यस्तै मार्टिन गप्टिलले १९ बलमा २ चौका र १ छक्काको मद्दतमा २५ रन जोडे । नरेन भट्टले ३० बलमा १ चौका प्रहार गर्दै २४ रन बनाए ।

टिमको स्कोर २१ हुँदा ओपनर लोकेश बम व्यक्तिगत १४ रनमा आउट भएपछि मुन्से र गप्टिलले ५३ रनको साझेदारी गरेका थिए ।  बसिर अहमदले १९ रन जोडे । सन्दीपले अविजित ९ रन जोडे ।

बलिङमा काठमान्डुका शाहब आलमले २ तथा कप्तान करण केस, जेरार्ड एरासमस र सन्तोष यादवले समान एक/एक विकेट लिए ।

त्यसअघि  कीर्तिपुरस्थित टीयू म‌ैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले पूरै २० ओभर खेल्दा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

एक समय ५६-५ को स्थितिमा रहेको काठमान्डुको इनिङ्स सन्तोष यादव र आदिल आलमले उकासेका थिए ।

आलमले अविजित ४८ रन बनाएपछि काठमान्डुको स्कोर हेर्न लायक बनेको थियो । आदिल आलमलले सर्वाधिक २५ बल खेल्दै ४ चौका २ छक्का  अविजित ४८ रन बनाए ।

सन्तोष र आदिलले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरे ।

यस्तै सन्तोष २६ रन बनाएर आउट भएपछि आदिलले जोन सिम्पसोनसँग अविजित ३३ रनको साझेदारी गरे ।

त्यसअघि काठमान्डुका ओपनर बेन चार्ल्सवर्थले ३३ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा ३२ रन बनाए भने सन्तोष यादवले २४ बलमा १ छक्का मद्दतमा २६ रन बनाए । जेरार्ड एरासमसले १० रन जोडे ।

बलिङमा विराटनगरका मर्चेन्ट डे लाङले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।  यस्तै कप्तान सन्दीप लामिछाने, शुभम रन्जाने र सूर्य तामाङले समान एक/एक विकेट लिए ।

 





Read More