― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsत्रिवि क्रिकेट रंगशालामा खचाखच दर्शक (तस्वीरहरू) – KhabarHost

त्रिवि क्रिकेट रंगशालामा खचाखच दर्शक (तस्वीरहरू) – KhabarHost


राष्ट्रिय

समाचार.

  • एनपीएल दोस्रो संस्करणको पाँचौं दिन पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल त्रिवि क्रिकेट मैदानमा जारी छ।
  • सुदूरपश्चिमले पोखरालाई १९४ रनको लक्ष्य दिएको छ र पोखराले १०औं ओभरमा ३ विकेट गुमाएर ७० रन जोडेको छ।
  • पोखराका नीशम र भुर्तेलले २०-३ को अवस्थामा अर्धशतकीय साझेदारी गरेका छन् र ६० बलमा १२४ रन आवश्यक छ।

५ मंसिर, काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हेर्न शुक्रबार पनि खचाखच दर्शक भरिएका छन्। आ-आफ्ना टिमको समर्थनमा उनीहरू रंगशालामा ओइरिएका हुन्।

एनपीएल दोस्रो संस्करणको पाँचौं दिन समूह चरणको खेल भइरहेको छ । आज भइरहेको खेलमा सुदूरपश्चिमले पोखरालाई १९४ रनको लक्ष्य दिएको छ । सुस्त गतिमा लक्ष्य पछ्याइरहेको पोखरा दबाबमा देखिन्छ।

जारी प्रतियोगितामा १०औं ओभरको खेल भइरहँदा पोखराले ३ विकेट गुमाएर ७० रन जोडेको छ । कमजोर सुरुआत गरेको पोखराले मध्यक्रममा भने केही सुधार गरेको छ ।

पाँचौं ओभरमा २०-३ को अवस्थामा रहेको पोखराका लागि नीशम र भुर्तेल मिलेर अर्धशतकीय साझेदारी गरेका छन् । अब ६० बलमा १२४ रन आवश्यक छ ।

हेर्नुहोस् तस्वीरहरू :

   

 





Read More