― Advertisement ―

सेमीकन्डक्टर स्टकहरूमा २०२० पछिको सबैभन्दा खराब हप्ता थियो – तर यो उनीहरूको सबै गल्ती थिएन

सेमिकनडक्टको रूपमा धेरै सेमिकनडक्टको रूपमा बजार। बजारले धेरै समाचार पचाउँदासोमबारमा सेयरमा हल्का सुधार भए पनि मंगलबार र बुधबार फेरि बिक्री भयो, जसले बाह्य कारकहरूद्वारा...
HomeLatest newsप्याब्सन मध्य क्षेत्रीय बास्केटबल सोमबारदेखि – KhabarHost

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सोमबारदेखि – KhabarHost


राष्ट्रिय

समाचार.

  • प्याब्सन मध्य क्षेत्रीय समितिले १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता मंसिर ४ गतेदेखि आयोजना गर्न लागेको छ।
  • प्रतियोगितामा २० विद्यालयका ४२ टिमले सिनियर ब्वाइज, सिनियर महिला र जुनियर पुरुष गरी ३ विधामा लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्।
  • खेलहरू बुद्धनगरस्थित इनोभेटिभ इङलिस स्कुल र बानेश्वरस्थित काठमाडौं जेभियर्स पब्लिक स्कुलको कोर्टमा हुनेछन् र फाइनल मंसिर १३ गते हुनेछ।

३ मंसिर, काठमाडौं । प्याब्सन मध्य क्षेत्रीय समितिको आयोजनामा १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधा विभिन्न २० विद्यालयका ४२ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष धनप्रसाद सुब्बाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १८ तथा सिनियर महिला र जुनियर पुरुष समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित इनोभेटिभ इङलिस स्कुल र बानेश्वरस्थित काठमाडौं जेभियर्स पब्लिक स्कुलको कोर्टमा खेलाइने छ । नकआउट चरणदेखिका सम्पूर्ण खेल भने इनोभेटिभमा हुनेछ । उद्घाटन कार्यक्रम पनि इनोभेटिभमै हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक एवं आयोजक समितिका उपाध्यक्ष तेजप्रकाश श्रेष्ठले जानकारी दिए । गत संस्करणको सिनियर ब्वाइजमा हेम्स तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा काठमाडौं जेभियर्स च्याम्पियन बनेका थिए । शीर्ष तीन स्थानमा रहने टिम, अनुशासित टिम, ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई ट्रफी, पदक तथा प्रमाण पत्र प्रदान गरिने छ । फाइनल मंसिर १३ गते हुनेछ ।

पत्रकार सम्मेलनमा काठमाडौं नगर प्याब्सन र आयोजक समितिका पूर्व अध्यक्ष गगनसिंह ऐर, आयोजक समितिका पूर्व अध्यक्ष दिनेश पाण्डे, काठमाडौं जेभियर्सका प्रिन्सिपल आरबी अधिकारी, इनोभेटिभका प्रिन्सिपल विजय थापालगायतको उपस्थिति रहेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More