― Advertisement ―

अमेजनको गुगल पिक्सेल बिक्रीले मूल्यमा एप्पल र सामसुङलाई उल्लेखनीय रूपमा कम गर्छ – अब किन्नको लागि समय हो

Amazon पक्कै पनि Google ले यो हप्ता पिक्सेल फोनको मूल्यमा कटौती गरेको छ, तर पुन: होस्ट गरिएको सूची हो। सामान्य छुट भन्दा माथि। वास्तवमा,...
HomeLatest newsसत्य निरुपण तथा मेलमिलाप आयोगमा द्वन्द्वपीडितको धर्ना

सत्य निरुपण तथा मेलमिलाप आयोगमा द्वन्द्वपीडितको धर्ना



५ मंसिर, काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडितहरूले सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् ।

विस्तृत शान्ति सम्झौता भएको १९ बर्ष पुरा भएपनि आफुहरुले न्याय नपाएको र आयोगलाई राजनीतिक भागबण्डाको थलो बनाइएको भन्दै द्वन्द्वपीडितहरूले शुक्रबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका हुन् ।

उनीहरूले विधि प्रक्रिया मिचेर तेश्रो पटक पनि दलीय भागवण्डा र राजनीतिक नेतृत्वबाट नियन्त्रित आयोगहरु तत्काल खारेज गर्न माग गरेका छन् ।

त्यस्तै पीडित समूदायले बहिष्कार गरेका आयोग पदाधिकारीहरुले तत्काल राजीनामा गर्नुपर्ने र द्वन्द्वपीडित समूदायलाई विश्वासमा लिएर विश्वश्नीय र पारदर्शी प्रक्रिया आरम्भ गर्र्नुपर्ने बेपत्ता परिवारका सदस्य राम भण्डारीले बताए ।

त्यस्तै द्वन्द्वपीडित साझा चौतारीको पूर्व अध्यक्ष सुमन अधिकारीले अहिलेका आयोगका पदाधिकारीहरुले द्वन्द्वपीडितलाई वेवास्ता गरेको बताए ।

दलीय कोटामा नियक्त भएका पदाधिकारीले द्वन्द्वपीडितको माग पूरा गर्न नसक्ने उनले बताए ।

उनीहरूले द्वन्द्वपीडित समूदायको विश्वास भरोसा नभएको आयोगको निरन्तरता पीडितको आशाप्रतिको कुठाराघात र समयको बर्बादी मात्र भएकाले आयोग पुनर्गठन गर्न माग गरेका छन् ।

सरकार र तत्कालीन नेकपा माओवादीबीच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More