― Advertisement ―

गति रणनीति होइन: मानव निर्णय एआई-नेतृत्व निर्णयहरूमा केन्द्रित हुनुपर्छ

संगठनहरूले एआई उपकरणले निर्णय लिने अपेक्षा गरिएको छ केही वर्ष पहिले अवास्तविकएआईले नाटकीय रूपमा विस्तार गरिरहेको छ कि संगठनहरूले कति चाँडो बुझ्न, व्याख्या...
HomeLatest newsसचिवालय बैठकमा ईश्वर पोखरेलले भने- अध्यक्षमा प्रतिस्पर्धा गर्छु

सचिवालय बैठकमा ईश्वर पोखरेलले भने- अध्यक्षमा प्रतिस्पर्धा गर्छु



४ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार बन्ने जानकारी नेताहरूलाई दिएका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने बताएका हुन् । ‘मैले अध्यक्षका निम्ति डिजर्ब गर्छु,’ पोखरेलले भने, ‘प्रतिस्पर्धामा जस्तो परिणाम आउँछ, परिस्थितिको सामना गर्न तयार छु ।’

आन्तरिक प्रतिस्पर्धाले पार्टी कमजोर नहुने पनि उनले बताएका छन् ।

‘प्रतिस्पर्धाले पार्टी कमजोर हुन्छ भन्ने ठान्नु बेठीक हो । प्रतिस्पर्धाले पार्टी कमजोर हुँदैन,’ पोखरेलले भने, ‘मैले प्रतिस्पर्धा गर्ने कुराले पार्टी बलियो हुन्छ ।’

पोखरेलले यही मंसिर ८ गते आफ्नो उम्मेदवारी घोषणा गर्ने कार्यक्रम पनि तय गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More