― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsवीर अस्पतालको सेवा निजीको भन्दा कम छैनः स्वास्थ्यमन्त्री गौतम

वीर अस्पतालको सेवा निजीको भन्दा कम छैनः स्वास्थ्यमन्त्री गौतम


राष्ट्रिय

समाचार.

  • स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले वीर अस्पतालको सेवा कुनैपनि निजी अस्पतालको भन्दा कम नभएको उल्लेख गरिन्।
  • उनले वीर अस्पतालको सेवा लिन सबैलाई निर्धक्क हुन आह्वान गर्दै देशको निम्न वर्ग र मध्यम वर्गले सेवा लिनु जीवन सहज हुने बताइन्।
  • मन्त्री गौतमले वीर अस्पतालका लागि आवश्यक नर्सहरुको व्यवस्था गर्ने र भक्तपुर दुवाकोटमा नयाँ भवन बनाएर सेवा विस्तार गर्ने योजना बनाएको खुलाइन्।

१ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले कुनैपनि निजी अस्पतालको सेवा भन्दा वीर अस्पतालको सेवा कम नभएको जिकिर गरेकी छन् ।

सोमबार अस्पतालको अनुगमनमा पुगेकी उनले वीर अस्पतालको सेवा कुनैपनि अस्पतालको भन्दा कम नभएको उल्लेख गर्दै निर्धक्क भएर सो सेवा लिन पनि सबैलाई आह्वान गरेकी हुन् । आफ्नो लामो समयको चिकित्सकीय ज्ञानको आधारमा पनि वीर अस्पतालको सेवा अन्य अस्पतालको भन्दा कम नभएको मन्त्री गौतमको दाबी थियो ।

‘मेरो यत्रो वर्षको मेडिकल ज्ञानको आधारमा म के भन्न चाहन्छु भने बाहिरको कुनै पनि निजीको सेवा भन्दा यहाँको सेवा कम छैन’ उनले भनिन्, ‘त्यसकारण निर्धक्क भएर हम्रो देशको निम्न वर्ग र निम्न मध्यम वर्गले यो सेवा लिनु भयो भने यहाँहरुको जीवन धेरै नै सहज हुनेछ ।’

मन्त्री गौतमले लामो समय सेवा दिएर वीर अस्पताल थकित वृद्ध रोगी जस्तो भएको अवस्थाबाट जेनजी पुस्ता जसरी जुर्मुराएर उठेर राम्रो सेवा दिएको आफूले पाएको समेत सुनाइन् ।

‘पुरानो वीर अस्पताल जुन यत्रो वर्ष सेवा दिएर आफैँ पनि थकित अलि वृद्ध रोगी जस्तो भएको थियो । त्यो फेरि नयाँ जेनजी जसरी आफै पनि अलिकति जुर्मुराएर उठेर राम्रोसँग सेवा दिएको रहेछ । त्यसकारण तपाईहरु सबै जनाले निर्धक्क भएर सेवा लिने वातावरण यहाँ रहेछ,’ उनले भनिन् ।

मन्त्री गौतमले वीर अस्पतालका लागि आवश्यक नर्सहरुको व्यवस्था गर्न आफू लागिपर्ने आश्वासन समेत दिइन् ।

मन्त्री गौतमले वीर अस्पतालको सेवालाई विस्तार गर्न भक्तपुरको दुवाकोटस्थित जग्गामा भवन बनाएर काम गर्ने सोच पनि आफूले बनाएको बताइन् । उनले प्रादेशिक अस्पतालहरुको क्षमता विस्तारमा पनि लाग्नुपर्ने आवश्यकता रहेको बताइन् ।





Read More