― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsआज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो – KhabarHost

आज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो – KhabarHost



१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक पनि स्थगित भएको छ । अब बैठक मंसिर ४ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा लेखिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ मंसिर १ गते सोमबार दिउँसो २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८२ मंसिर ४ गते बिहीबार दिउँसो २:०० बजे बस्ने भएको छ ।’

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन भनिएको छ ।

कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने बहस जारी छ । यो बहसकाबीच कांग्रेसले निर्णय लिन सकेको छैन । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २८ बाट सुरु भएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More