― Advertisement ―

HomeLatest newsहुम्लामा आगलागीले घर जल्दा रावत परिवारको बिचल्ली, सहयोगको लागि याचना

हुम्लामा आगलागीले घर जल्दा रावत परिवारको बिचल्ली, सहयोगको लागि याचना


राष्ट्रिय

समाचार.

  • हुम्लाको खार्पुनाथ गाउँपालिका–४ माझाँ गाउँमा आगलागी हुँदा शोभनकुमार रावतको ४ सदस्यीय परिवार बिचल्ली परेको छ।
  • आगलागीले घर, खाद्यान्न, लत्ताकपडा, नगद र गरगहना जलेर २०/२५ लाख बराबरको क्षति भएको छ।
  • पीडित परिवारले सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंक सिमकोटको खाता नम्बर ४१९०१०००८३१६०१० मा सहयोग गर्न आग्रह गरेको छ।

३० कात्तिक, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका– ४ माझाँ गाउँमा आगलागी भएर घर जल्दा एक विपन्न परिवारको बिचल्ली भएको छ । खार्पुनाथ गाउँपालिका–४ माझाँ गाउँका शोभनकुमार रावतको घरमा आगलागी हुँदा ४ सदस्यीय परिवारको बिचल्ली भएको हो ।

आगलागीले उनीहरू घर जलेर पूर्ण नष्ट भएको छ । बिचल्लीमा परेको परिवार अहिले कान्छो भाइको घरमा शरण लिएर बसिरहेको रावतले दु:खेसो पोखे ।

आगलागीले घरमा रहेको खाद्यान्न, भाँडा, गरगहना, नगद, लत्ताकपडा सबै जलेर नष्ट भएको उनले बताए । ‘न त खाने अन्न छ, न त लगाउने लुगाकपडा नै, ६ छोरा–छोरी, श्रीमतीको बिच्चली भएको छ,’ उनले अनलाइनखबरसँग भने ।

दूधकुण्ड वहुउद्देश्यीय सहकारीबाट घरपरिवार खर्चको जोहोको लागि लिएको ७ लाख नगद समेत जलेको उनको भनाइ छ । ‘आगलागीले २०/२५ लाख बराबरको क्षति भयो,’ उनले भने । बिच्चलीमा परेका रावत परिवारले सहयोगका लागि आग्रह गरेका छन् ।

सहयोगका लागि पीडित रावतका जेठान जीवन रोकायाको राष्ट्रिय वाणिाज्य बैक सिमकोटको खाता नम्बर ४१९०१००००८३१६०१० मा सहयोग गरिदिन उनीहरूको आग्रह छ ।

रावतको घर जलेर ७ लाख ५० नगद, लत्ताकपडा, भाँडा, १७ वटा ऊनको लिउ, ब्लान्केट ५ थान, कम्बल, गलैंचा, दराज २ थान, खाट ३ थान, अन्नपात १० क्विन्टल कोदो, ३ क्विन्टल चिनु, धान २ क्विन्टल, मकै ७ क्विन्टल, गहुँ ७ क्विन्टल उवा, १ क्विन्टल लगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले पुष्टि गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More