― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsमूल्यवृद्धि १.४७ प्रतिशतमा सीमित – KhabarHost

मूल्यवृद्धि १.४७ प्रतिशतमा सीमित – KhabarHost



३० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिना (असोज मसान्त) सम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशतमा सिमित भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार खासगरी खाद्य तथा पेय पदार्थको समूहको मूल्यवृद्धि २.५४ प्रतिशतले ऋणात्मक देखिएको छ । यसको मतलब भान्साको खर्च सस्तो भएको देखिन्छ ।

गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि भने ३.८० प्रतिशतले भएको देखिन्छ । कम मुद्रास्फीतिले सुस्त अर्थतन्त्रको संकेत गर्छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य समुहको मुद्रास्फीति ७.२० प्रतिशत र गैरखाद्यको ३.४९ प्रतिशत भएको देखिएको छ ।

आर्थिक वर्षको पहिलो त्रैमासको औसत: मुद्रास्फीति १.६७ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिको औसत: मुद्रास्फीति ४.२६ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यु तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.७५ प्रतिशतले बढेको छ ।

गैर मदिराजन्य पेय पदार्थको ३.७१ प्रतिशत र माछा तथा मासुको ३.१५ प्रतिशतले बढेको छ । तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.६३ प्रतिशतले घटेको देखिन्छ । मरमसलाको ७.८२ र दाल तथा गेडागुडीको मूल्य ४.४१ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५१ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.२९ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशतले बढेको छ । फर्निसिङ तथा घरासयी उपकरणको ४.५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ०.२३ प्रतिशतले घटेको छ ।

यस अवधिमा ग्रामीण भेगमा १.२९ प्रतिशत र शहरी क्षेत्रमा १.५३ प्रतिशतको मात्र मूल्यवृद्धि भएको देखिन्छ । प्रदेशगत रूपमा हेर्दा कोशीको २.३३ प्रतिशत, मधेशको १.२०, बागमतीको १.१३, गण्डकीको १.१६, लुम्बिनीको १.८९, कर्णालीको १.९१ र सुदूरपश्चिमको ०.६९ प्रतिशत मात्र मुद्रास्फीति देखिएको छ । काठमाडौं उपत्यकाको १.४३, तराईको १.२९, पहाडको १.५० र हिमालको २.३३ प्रतिशत मुद्रास्फीति रहेको छ

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More