― Advertisement ―

वर्डप्रेस वेबसाइटहरू आक्रमणमा छन् – विशेषज्ञ रिपोर्ट भन्छ कि दर्जनौं प्लगइनहरू हजारौं साइटहरूलाई लक्षित गर्न हाइज्याक गरियो

दुर्भावनापूर्ण वर्डप्रेस एस्टरबाट प्लगइनअपडेटहरू इन्जेक्टेड ब्याकडोरहरू, पूर्ण साइट पहुँच प्रदान गर्दैस्प्याम अभियानहरू मालिकहरूबाट लुकाइएको, C2 Ethereum स्मार्ट अनुबंध मार्फत समाधान गरियोएउटा ह्याकरले लेटिमेट डेटा...
HomeLatest newsप्रदीप ज्ञवाली – KhabarHost

प्रदीप ज्ञवाली – KhabarHost



२९ कात्तिक, गुल्मी । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले हाल गठन गरिएको सरकारलाई संविधानसम्मत नभएको आरोप लगाउँदै टिप्पणी गरेका छन् ।

नेकपा एमाले गुल्मीले शनिबार गुल्मी सदरमुकाम तम्घासमा नेकपा एमाले गुल्मीले राखेको संविधानको रक्षा र प्रतिगमन विरुद्ध जनसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

संवैधानिक प्रक्रिया र राजनीतिक मर्यादा विपरीत ‘टिका लगाएर सरकार बनाउने’ अभ्यासको कुनै वैधानिक हैसियत नहुने उनको दाबी छ ।

‘टिका लगाएर बनाइएको सरकारलाई संविधानले चिन्दैन,’ उनले भने, ‘सरकार गठनको आधार संसदीय समर्थन, संवैधानिक प्रक्रिया र जनादेश हो ।’

उनले संवैधानिक व्यवस्थालाई बेवास्ता गरेर गरिएको कुनै पनि शक्ति हस्तान्तरण लोकतन्त्रको अपमान भएको बताए ।

सरकार गठनका नाममा भइरहेको असंवैधानिक अभ्यासले देशलाई अस्थिरततर्फ धकेलिरहेको उनले बताए । संविधानले तोकेको बाटो छाडेर जहाँ–जसरी सरकार बनाइन्छ, त्यो स्वत: अवैध हुन्छ, उनले भने ।

एमालेले पछिल्लो घटनाक्रमको गम्भीर छानबिन र संवैधानिक प्रक्रिया अनुसार पुन: राजनीतिक व्यवस्थापन हुनुपर्ने माग अघि सारेको बताए ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनलाई लक्षित गर्दै केही समूहले योजनाबद्ध रूपमा अराजकता फैलाएको र देशको लोकतान्त्रिक वातावरणलाई कमजोर पार्ने प्रयास भएको बताए । ‘कलिला विद्यार्थीमाथि आगो थोपर्ने जस्ता अमानवीय गतिविधि को कसले गर्‍यो भन्ने छानबिन अनिवार्य छ,’ उनले भने ।

सिंहदरबार, सर्वोच्च अदालतको भवनलगायत सयौँ सरकारी कार्यालय एवं निजी सम्पत्तिमा क्षति पुर्‍याउने महिनौँ अघिदेखि नै यस्ता गतिविधिका लागि तयारी भइरहेको प्रमाण देखिएको दाबी गर्दै सम्बन्धित पक्षको गम्भीर छानबिन माग गरे ।





Read More