― Advertisement ―

यहाँ 11 TV हरू छन् जसमा म NBA Playoffs हेर्न सिफारिस गर्छु — $1,700 सम्म छुट 4K, QLED र OLED TV हरू

यो सप्ताहन्तमा NBA प्लेअफ सुरु हुन्छ, र यदि तपाइँ आफ्नो मनपर्ने टोली हेर्नको लागि आफ्नो डिस्प्ले अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने, तपाइँ Best...
HomeLatest newsबालेनको युट्युब च्यानलमा रिलिज भयो फिल्म ‘झरीपछिको इन्द्रेणी’ को गीत

बालेनको युट्युब च्यानलमा रिलिज भयो फिल्म ‘झरीपछिको इन्द्रेणी’ को गीत


राष्ट्रिय

समाचार.

  • फिल्म ‘झरिपछिको इन्द्रेणी’को पहिलो गीत ‘फसायो लमी’ युट्युबमा सार्वजनिक भएको छ।
  • अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म पुस ४ मा रिलिज हुने भएको छ।
  • फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला लगायत कलाकारको अभिनय छ।

काठमाडौं । फिल्म ‘झरिपछिको इन्द्रेणी’को पहिलो गीत ‘फसायो लमी’ ले युट्युबमा सार्वजनिक भएको छ ।

अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्मको गीतमा रमेश उप्रेती, दीपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार छन् ।

समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका छन् । मौसम हिमालीको नृत्य निर्देशन रहेको गीतको छायांकार बुद्ध थापा हुन् ।

फिल्मलाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो । यो फिल्म पाका अभिनेता गणेश उप्रेतीको कमब्याक समेत हो ।

उप्रेतीसहित फिल्ममा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जनको अभिनय छ ।

निर्देशक घिमिरेको पटकथा र संवाद रहेको फिल्ममा गणेश कार्की, विशाल घिमिरेको पनि योगदान रहेको निर्माताले जनाएका छन् ।

फिल्म ‘झरिपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुने भएको छ । फिल्मले आफ्नो पहिलो गीत गायक बालेन शाहको युट्युबबाट रिलिज गरेको छ ।





Read More