― Advertisement ―

अमेरिकी सेनाले निजी ड्रोन निर्माताहरूलाई पहिले सरकारी सम्झौताको आवश्यकता बिना सैन्य दायरामा हतियार परीक्षण गर्न अनुमति दिँदैछ

निजी अमेरिकी ड्रोन कम्पनीहरूले सेनालाई पहुँच गर्न अनुरोध गर्न सक्नेछन्। दायराहरूरेन्ज पहुँच अनुरोध गर्नु अघि कम्पनीहरूलाई अब विद्यमान सरकारी साझेदारीको आवश्यकता पर्दैनअमेरिका र मोरक्को...
HomeLatest newsब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपाल भारतसँग पराजित

ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपाल भारतसँग पराजित


राष्ट्रिय

समाचार.

  • भारतमा जारी ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपालले भारतसँग ८५ रनले पराजित भएको छ।
  • भारतले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो भने नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो।
  • नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ९ विकेटको जित निकालेको थियो।

२८ कात्तिक, काठमाडौं । भारतमा जारी ब्लाइन्ड महिला टी-२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

नेपाल भारतसँग ८५ रनले पराजित भएको हो । भारतले दिएको २१० रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । बिनिता पुनले ३१ रन बनाइन् ।

त्यसअघि भारतले २० ओभरमा ३ विकेट मात्र गुमाएर २०९ रन बनाएको थियो । दीपिका तीसीले ७८ रन बनाइन् । सिमु दासले ६८ रन बनाइन् ।

नेपालले आफ्नो पहिलो खेलमा बुधबार श्रीलंकामाथि ९ विकेटको शानदार जित निकालेको थियो ।





Read More