― Advertisement ―

29,000 भन्दा बढी डाउनलोडहरू भएको ओपनएआई कोडेक्स उपकरण दुर्भावनापूर्ण एनपीएम आपूर्ति श्रृंखला आक्रमण प्रमाणीकरण टोकन चोरीसँग जोडिएको छ।

अनुसन्धानकर्ताहरूका रूपमा एक प्याकेजको खोजकर्ताहरू उपकरणआक्रमणकारीहरूले कोडेक्स प्रमाणीकरण टोकनहरू बाहिर निकाले, जसमा म्याद समाप्त नहुने रिफ्रेस टोकनहरू समावेश छन्Aikido सुरक्षाले कोडेक्स प्रयोगकर्ताहरूलाई लक्षित गर्ने...
HomeLatest newsएन्फा प्रेसिडेन्ट लिगमा नव जनजागृतिको फराकिलो जित

एन्फा प्रेसिडेन्ट लिगमा नव जनजागृतिको फराकिलो जित


राष्ट्रिय

समाचार.

  • नव जनजागृति युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा हैरान्स क्लबलाईहराउँदै समूह ए मा पहिलो स्थान हासिल गरी सेमिफाइनलमा प्रवेश गरेको छ।
  • सेमिफाइनलमा नव जनजागृतिले चित्लाङ एफसी सँग र काँक्रेविहारले लालीगुराँस एसोसिएसन क्लब सँग प्रतिस्पर्धा गर्नेछन्।
  • प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

२८ कात्तिक, काठमाडौं । एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तरगत शुक्रबार भएको खेलमा नव जनजागृति युवा क्लबले हैरान्स क्लबलाई ७–२ ले हराएको छ ।

सो जितसँगै नव जनजागृति समूह एमा पहिलो स्थान पाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । सो समूहमा काँक्रेविहार १० अंक सहित दोस्रो भयो । काक्रेबिहारले गाईघाट फुटबल क्लबलाई ५–३ ले हरायो ।

सेमिफाइनलमा नव जनजागृतिले चित्लाङ एफसी तथा काक्रेबिहारले लालीगुराँस एसोसिएसन क्लबसँग खेल्ने छन् ।

शुक्रवार भएको खेलमा नव जनजागृतिलाई फराकिलो जित दिलाउने क्रममा सुजन डङ्गोलले ३ गोल गरे । प्रताप सिंह राई,अविनाश स्याङतान र कृपाकान्त महतो थारुले थप गोल गरे । सुजन सो खेलको प्लेयर अफ द म्याच घोषित भए । हैरान्सका विजय डोङ र सामुयल सुनारले गोल गरे ।

अर्को खेलमा काक्रेबिहारले गाईघाट फुटबल क्लबलाई ५–३ ले हरायो । काँक्रेविहारका लागि अनीश घर्ती क्षेत्रीले ३ गोल गरे । आशिष चापागाईँ र गणेश पुलामी मगरले थप गोल गरे । गाईघाटका पविन राईले दुई गोल गरे भने विवश श्रेष्ठले एक गोल गरे ।

२ मंसिरसम्म हेटौंडामा आयोजना हुने लिगमा शीर्ष ४ स्थान पाउने टोली राष्ट्रिय लिगमा प्रवेश पाएका छन् । प्रेसिडेन्ट लिगको विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More