― Advertisement ―

नयाँ FCC राउटर नियमहरूले पुरानो ISP हार्डवेयर प्रयोग गरेर लाखौंलाई फसाउन सक्छ किनकि आपूर्ति श्रृंखलाले स्तरवृद्धि रोक्छ र सुरक्षा समाधानहरू जटिल बनाउँछ।

FCC मा पुरानो रुटहरू रहँदा नयाँ नियमहरू, FCC मा रहन नयाँ नियमहरू लामो समयसम्मसुरक्षा जोखिमहरू व्यापक रूपमा परिचित हुँदा पनि ISP ग्राहकहरूले राउटरहरू अपग्रेड...
HomeLatest news‘परान’ को कमाइ ८ करोड नाघ्यो – KhabarHost

‘परान’ को कमाइ ८ करोड नाघ्यो – KhabarHost


राष्ट्रिय

समाचार.

  • फिल्म ‘परान’ ले प्रदर्शनको दोस्रो साता ७ करोड ४३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
  • फिल्मले प्रदर्शनको दोस्रो साता ८ करोड रुपैयाँ ग्रस कमाइको आँकडा छुन सफल भएको छ।
  • तेस्रो सप्ताहन्तमा फिल्मले ९ करोड आसपास कमाइ गर्ने र १० करोडको आँकडा टाढा नरहेको अनुमान गरिएको छ।

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरिरहेको छ । प्रदर्शनको पहिलो साताभन्दा दोस्रो सातामा कमाइ आक्रामक देखिन्छ ।

फिल्मले प्रदर्शनको दोस्रो साता विहिबार राती १२ बजेसम्म सिनेपाः बक्सअफिसमा ७ करोड ४३ लाख रुपैयाँ नेरु ग्रस कमाइ गरेको छ । फिल्मले दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’को साथ पाएको देखिन्छ ।

आज शुक्रबारमात्र अपरान्ह ३ बजेसम्म फिल्मको कमाइ चलचित्र विकास बोर्डको बक्सअफिसमा ५३ लाख रुपैयाँ ग्रस छ । यसको अर्थ फिल्मले ८ करोड ग्रसको आँकडा छोएको छ ।

आज बेलुकी र रातीका अधिकांश शोमा शतप्रतिशत अकुपेन्सी देखिएकाले फिल्मको कमाइ आज शुक्रबारमात्र ७० देखि ८० लाख पुग्ने प्रक्षेपण गर्न सकिन्छ ।

भोलि शनिबार फिल्मले कूल २३३ शोज पाएको छ । शनिबार पनि दुई तिहाइभन्दा धेरै शोज ८० देखि १०० प्रतिशत अकुपेन्सीसहित हुने देखिन्छ ।

यसको अर्थ फिल्मले तेस्रो सप्ताहन्तमा ९ करोड आसपासमा कमाइ गर्न सक्ने अनुमान गर्न सकिन्छ । यो गति कायम रहे, दीपक आचार्य ‘काकु’ निर्देशित फिल्मको लागि १० करोडको आँकडा टाढा छैन ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More